गण्डकी मेडिकल कलेजबाट नौ जना विद्यार्थी पक्राउ

समाधान संवाददाता, पाेखरा
एमबिबिएस परीक्षा बहिस्कार गरी बाहिर निस्किने क्रममा प्रहरीले गण्डकी मेडिकल कलेजबाट नौ जना विद्यार्थीलाई पक्राउ गरेको छ ।
कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले केही विद्यार्थी पक्राउ परेको बताए । कलेज परिसरमा केही हुलहुज्जत गर्ने विद्यार्थीलाई पक्राउ गरिएको उनले दाबी गरे ।
गण्डकी मेडिकल कलेजका विद्यार्थी केहीबेर परीक्षा हलमा गएर बाहिर निस्केका थिए। प्रहरीले पक्राउ परेका विद्यार्थीलाई डाँडाको नाक प्रहरी चौकीमा राखेको छ।
विद्यार्थीले भने बिनाकारण आफूहरूलाई पक्राउ गरेको जनाएका छन्। ‘प्रश्नपत्र च्यातेर बाहिर निस्किने क्रममा प्रहरीले धरपकड गरी विद्यार्थीलाई समातेको हो,’ एक विद्यार्थीले भने।
चिकित्सा शिक्षाको एमबिबिएस पहिलो र दोस्रो वर्षमा मेडिकल कलेजले बढी उठाएको शुल्क फिर्ताको आन्दोलन जारी छ।
सरकार र निजी मेडिकल कलेजले शुल्क समायोजन गर्ने भने पनि त्यसमा विद्यार्थीले सहमति जनाएका छैनन्।
यही विषय परीक्षा बहिस्कारसम्म आइपुगेको हो। राजधानीबाहिरका पाँच वटा मेडिकल कलेजका विद्यार्थीले एमबिबिएस पहिलो वर्षको परीक्षा बहिस्कार गरेका छन्।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया