कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट दुईको मृत्यु
समाधान संवाददाता
२०७६ मंसिर २५ गते १३:२९

समाधान संवाददाता, कञ्चनपुर
जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरको महाकाली नगरपालिका–२ मा दुई जनाको मृत्यु भएको छ।
बुधबार बिहान घाँसदाउराका लागि मायापुरी सामुदायिक वनमा गएका महिलाहरूको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए।
मृत्यु हुनेका ५० वर्षीया भुरी बोहरा र ३८ वर्षीया बसन्ती भट्ट रहेका छन्।
हात्तीको आक्रमणबाट चार जना भने घाइते भएका उनले बताए।
स्थानीय ललिता बोहरा, सुनिता विष्ट, उमा साउँद र सुशीला बमहरूलाई भारतमा उपचारको लगिएको उनले जानकारी दिए।
सम्बन्धित









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया