‘अवसर कुर्ने होइन, सिर्जना गर्ने हो’

समाधान संवाददाता
पोखरा
सिजी कर्प ग्लोबलका अध्यक्ष विनोद चौधरी शनिबार साँझ पोखराका युवा उद्यमीमाझ प्रस्तुत भए । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) पोखराले आयोजना गरेको ‘बिलियन डलर स्टोरी’ कार्यक्रममा उनले पोखराका युवा उद्यमीलाई लगानीका लागि अवसर सिर्जना गर्न आग्रह गरे ।
‘अहिलेका युवा उद्यमीले लगानीका लागि अवसर कुरेर बस्ने होइन,’ उनले भने, ‘आफैंले अवसर सिर्जना गर्ने हो ।’ पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्न लागेको उल्लेख गर्दै उनले पर्यटन क्षेत्रका लागि विमानस्थलले धेरै अवसर बोकेर आउने बताए । ‘विमानस्थल आएपछि लगानी गरौंला भनेर सोच्ने होइन,’ उनले भने, ‘त्यति बेलाको सम्भावना बुझेर अहिले नै लगानी गर्ने हो ।’
अन्तर्राष्ट्रिय विमानस्थलले पोखराको ‘कनेक्टिभिटी’ संसारभर बढाउने बताउँदै उनले यहाँ आउने पर्यटकलाई स्तरीय सेवा दिनुपर्ने धारणा राखे । पोखरा संसारकै सुन्दर सहरमध्येमा पर्ने बताउँदै उनले पर्यटन व्यवसायीले यहाँको पर्यटनको सम्भावनालाई बुझ्नुपर्ने बताए । अहिलेका युवाले परम्परागत शैलीभन्दा माथि उठेर व्यवसाय गर्नुपर्ने चौधरीले सुझाव दिए ।
उनले राजनीतिलाई उद्यममैत्री बनाउनुपर्ने धारणा राखे । राजनीतिलाई उद्यम र व्यवसायमैत्री बनाउन उद्यमीहरु नै राजनीतिमा आउनुपर्ने उनको भनाइ छ । कार्यक्रममा पोखराका युवा उद्यमी सहभागी थिए ।
युवा उद्यमीलाई लक्षित गरी मञ्चले समय समयमा यस्ता कार्यक्रम गर्दै आएको अध्यक्ष वैभव पौडेलले बताए । ‘पोखराका युवा उद्यमीलाई उत्प्रेरणा प्रदान गर्न यस्ता कार्यक्रम सफल हुँदै आएका छन्,’ उनले भने । कार्यक्रम संयोजक तथा मञ्चका पूर्व अध्यक्ष अमितराज मुल्मीले विनोद चौधरीको परिचय राखेका थिए । मञ्चका अध्यक्ष वैभव पौडेलको अध्यक्षतामा भएको प्रेसिडेन्ट इलेक्ट पुनित वैद्यले धन्यवाद ज्ञापन र प्रोग्राम चियर सुयास मल्लले कार्यक्रम सञ्चालन गरेका थिए ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया