हाप्किडो अन्तर्राष्ट्रियस्तरको सेमिनार पोखरामा

समाधान संवाददाता
पोखरा
नेपाल मार्सल आर्ट्स हाप्किडोको आयोजनमा मार्सल आर्ट्स हाप्किडो अन्तर्राष्ट्रिय सेमिनार पोखरामा हुने भएको छ । माघ ११ र १२ गते पोखरा रंगशालामा हुने सेमिनारमा २० देखि २५ राष्ट्रका ग्रान्ड मास्टर, मास्टर, प्रशिक्षक, खेलाडी, अफिसियलको सहभागिता रहने संघका अध्यक्ष तथा कार्यक्रम संयोजक कालीबहादुर घर्तीमगरले बताए ।
सेमिनारमा ग्रान्डमास्टर हि क्वान्ली (अमेरिका), ग्रान्डमास्टर गेरहार्ड अग्रिन्च (अस्ट्रिया), ग्रान्डमास्टर डेमिट मोमोट (रसिया), ग्रान्डमास्टर लियोनिट ली (दक्षिण कोरिया), ग्रान्डमास्टर सिएन पियर्सन (अमेरिका), मास्टर कालीबहादुर घर्तीमगर (नेपाल) र आठौं साफ गोल्ड मेडलिस्ट बक्सिङका प्रकाश थापामगरले प्रशिक्षण दिने छन् ।
कास्की जिल्लामा संघमा आवद्ध २ सयभन्दा बढी खेलाडी छन् । मार्सल आर्ट्स हाप्किडोको सेमिनारले आत्मरक्षा सम्बन्धी ज्ञान दिने । हात, खुट्टा, चक्कु, लठ्ठी प्रयोग गरेर आत्मरक्षा गर्ने ज्ञान सिकाउने मगरले जानकारी दिए । यस सेमिनारले नेपाल मार्सल आर्ट्स हाप्किडोको विकासमा थप सहयोग गर्ने मगरले बताए ।
संघले विभिन्न जिल्लामा प्रतियोगिता, प्रादेशिक प्रतियोगिता, राष्ट्रिय प्रतियोगिता गर्दै आएको छ । यसै वर्ष रोल्पामा सहिद स्मृति मार्सल आर्ट्स हप्किडो राष्ट्रिय प्रतियोगिता आयोजना गरेको थियो । हाल संघले ४० जिल्लामा नियमित प्रशिक्षण दिँदै आएको छ ।









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया