खण्डग्रास सूर्यग्रहण कीर्तिपुरबाट देखाइने

समाधान संवाददाता २०७६ पुष ९ गते १४:१४

समाधान संवाददाता, काठमाडाैं

Advertisement

खण्डग्रास सूर्यग्रहण कीर्तिपुरबाट अवलोकन गर्न सकिने भएको छ।

बिहीबार बिहान ८ बजेर ४३ मिनेटदेखि सुरू हुने ग्रहणलाई कीर्तिपुरस्थित बिपी कोइराला मेमोरियल प्लानेटरियम अब्जरभेटरी र विज्ञान संग्रहालय विकास बोर्डको परिसरबाट देखाइने भएको हो।

Advertisement

झण्डै तीन घण्टा लाग्ने ग्रहण टेलिस्कोपको सहायताले देखाइने बोर्डका कार्यकारी निर्देशक सनत कुमार शर्माले जानकारी दिए।

टेलिस्कोपमा फिल्टर राखेर ग्रहण लागेको देखाइने छ। यद्यपी टेलिस्कोप, दुर्विन, चस्मा, नाङ्गो आखाँबाट हेरे हानिकारक हुने समेत जनाइएको छ। एक्सरे प्लेट, ध्वाँसो लगाएको ऐना तथा पानीमा समेत सूर्यको प्रतिबिम्बलाई अवलोकन गर्नु नहुने शर्मा बताउँछन्।

Advertisement

त्यस्तै, हिमाल आरोहणमा प्रयोग गरिने विशेष प्रकारको गाढा रङको धातु लेपन भएको चस्माबाट मात्र यसको अवलोकन गर्न सकिन्छ।

यो ग्रहण नेपाल, भारत, श्रीलंकालगायत एसियाका सबै राष्ट्र तथा उत्तरपश्चिम अष्ट्रेलिया, पूर्वी अफ्रीकालगायत स्थानबाट देखिनेछ। पृथ्वीका केही स्थानबाट रिङ अफ फायर समेत देखिनेछ।

रिङ अफ फायरमा पूरै चन्द्रमाले सूर्यलाई ढाक्ने तर त्यसको वरिपरिबाट प्रकाश देखिन्छ।

रिङ अफ फायर साउदी अरबबाट सुरू भएर कतार, युएई, ओमान, दक्षिण भारत, उत्तरी श्रीलंका, बंगालको खाडी, मलेसिया, इण्डोनेसिया, सिंगापुर, उत्तरी मेरियाना द्वीप, फिलिपिन्स हुँदै प्रशान्त महासागरको गुआम टापुमा पुगेर अन्त्य हुनेछ।

तपाईको प्रतिक्रिया