पन्छाइयो मुक्तिनाथ सडकको हिउँ

कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छाउँदै स्थानीय र कर्मचारी । तस्बिरः तारानाथ अधिकारी
एसके थकाली
जोमसोम
हिमपातका कारण अवरुद्ध मुस्ताङ कागबेनी–मुक्तिनाथ कालोपत्रे सडक मंगलबार देखि सुचारु भएको छ । वारागुङ मुक्तिक्षेत्र १ का स्थानीय जनप्रतिनिधि र कर्मचारी मिलेर सडकको हिउँ पन्छाएपछि सडक खुलेको हो ।
दोहोरो आवागमन खुलाउन अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को पर्यटन सूचना केन्द्रका कर्मचारी, झारकोट स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, वडा प्रतिनिधि, कर्मचारी र स्थानीय हिउँ पन्छाउन सघाएको झारकोट स्वास्थ्य चौकीका अहेब तारानाथ अधिकारीले बताए ।
गतहप्ता परेको भारी हिमपातका कारण हलुका सवारी साधन र मोटरसाइकल आउजाउमा समस्या परेको थियो । सडकको हिउँ पन्छाएपछि सबै सवारी साधनलाई मुक्तिनाथ जान सजिलो भएको मुक्तिनाथ पर्यटन सूचना केन्द्रका पर्यटन सहायक प्रेम बस्नेतले बताए ।
कागबेनीदेखि झारकोटसम्म करिब ५ किलोमिटर सडक हिमपातले सवारी आवागमनमा बाधा पुगेको थियो । मुक्तिनाथमा अधिकतम माइनस ५ देखि अधिकतम माइनस १५ डिग्री सेन्टिग्रेट छ । चिसोले धारा र शौचालयको पानीसमेत जमेर कठिनाई भएको छ ।









सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया