खोरमा परेर पाेथी चितुवा नियन्त्रणमा

कृष्ण न्यौपाने
दमौली
तनहुँको व्यास नगरपालिका ९ बिर्तास्थित सामुदायिक वनमा थापिएको खोरमा परेर बिहीबार १ चितुवा नियन्त्रणमा आएको छ । चितुवा नियन्त्रणका लागि स्याकुनथोक सामुदायिक वनमा राखिएको फलामको खोरमा परेर पोथी चितुवा नियन्त्रणमा आएको हो ।
पोथी चितुवा ६÷७ वर्षको र ३०÷३५ किलो तौल रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए । बरालका अनुसार नियन्त्रणमा आएको चितुवालाई सुरक्षित स्थानान्तरण गरिएको छ ।
उक्त वडामा चितुवाले बाख्रा मारेको र मान्छेको बाटो छेकेको जनगुनासो आएपछि कार्यालयले फलामको खोर थापेको थियो । हालसम्म परम्परागत काठे खोरमा भानु नगरपालिका क्षेत्रमा मात्र चितुवा खोरमा परेकोमा यस पटक फरक स्थान र पहिलो पटक फलामे खोरमा चितुवा पर्न सफल भएको बरालले जानकारी दिए ।
भानु नगरपालिकामा सबैभन्दा बढी चितुवा आतंक छ । भानु नगरपालिकामा चितुवाको आक्रमणबाट डेढ वर्षको अवधिमा ६ जना बालबालिकाको मृत्यु भइसकेको छ । भानु नगरपालिकासँग सीमाना जोडिएको व्यास नगरपालिका ९ मा पछिल्लो समय चितुवाको आतंक बढ्न थालेको स्थानीयबासी बताउँछन् । भानु नगरपालिका १, २, ३ र ४ का विभिन्न सामुदायिक वनमा पनि चितुवा नियन्त्रणका लागि काठको खोर निर्माण गरेर राखिएको छ । भानुका सामुदायिक वनमा काठको खोरमा परेर हालसम्म ५ वटा चितुवा नियन्त्रणमा आइसकेको छ । त्यस्तै केही समय अघि व्यास नगरपालिका १ मुसेखोला र व्यास नगरपालिका ७ कलेस्तीमा चितुवा मृत अवस्थामा फेला परेको थियो ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया