पोखरामा तीन सवारी एकआपसमा ठोक्किए, दुईको मृत्यु
समाधान संवाददाता
२०७६ पुष १६ गते १४:५३

समाधान संवाददाता, पाेखरा
कास्की, पोखरा महानगरपालिका-१४ चाउथेमा ग१ख ९४०५ नम्बरको बस, ग२च २७२६ नम्बरको जिप र ग१६प ९५३७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा बुधबार बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
मोटरसाइकल चालक तनहुँ घर भएका १९ वर्षीय रोनश गुरुङ र जीप चालक पोखरा महानगरपालिका घर भएका ३६ वर्षीय सरोज लामाको पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका जीपमा सवारमध्ये एक जनाको मणिपाल अस्पताल र अन्य एक जनाको पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचार भइरहेको छ।
तीन वटै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सम्बन्धित









सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया