आँबुखैरेनीमा कौराकाे तालमा रमाए विदेशी पर्यटक

समाधान संवादाता
दमौली
पृथ्वीराजमार्ग हुँदै तनहुँ प्रवेश गरेका विदेशी पर्यटक तनहुँको आँबुखैरेनीमा कौरामा रमाएका छन् । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा आँबुखैरेनी गाउँपालिकाले वडा नं ४ स्थित पुलजीपमा गरेको स्वागत कार्यक्रममा विदेशी पर्यटक कौराको तालमा नाचेका हुन् ।
जनप्रतिनिधि, कर्मचारी, आमा समूह, युवा क्लव लगायतको सहभागितामा आयोजना गरिएको कार्यक्रममा विभिन्न देशका पर्यटक कौराको तालमा छमछमी नाचे । स्थानीयवासीको स्वागतले दंग देखिएका विदेशी पर्यटक कौरामा नाच्न पाउँदा झनै उत्साहित देखिएका थिए ।
गण्डकी प्रदेशको मुख्य नाका आँबुखैरेनीमा बुधबार ३ सय पर्यटकलाई गाउँपालिकाले फूलमालाले स्वागत गरेको छ । त्यसमध्ये २ सय ५० भन्दा बढी विदेशी पर्यटक रहेको आँबुखैरेनी गाउँपालिकाका सूचना अधिकारी शिखरलाल डोटेलले जानकारी दिए ।
पर्यटकलाई गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने लगायतले स्वागत गरेका थिए । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, क्याम्पस तथा विद्यालयका प्रमुख एवं विद्यार्थी, पत्रकार लगायत उपस्थित थिए ।
पृथ्वीराजमार्ग अन्तर्गत पर्ने आँबुखैरेनी हुँदै दैनिक सयौं पर्यटक गण्डकी प्रदेश भित्रिने गरेका छन् । भ्रमण वर्षका अवसरमा आँबुखैरेनी गाउँपालिकाका विभिन्न ठाउँमा रहेका पर्यटकीय स्थलको भ्रमणको लागि पर्यटकलाई निम्तो दिइएको छ । हिलेखर्क, छिम्केश्वरी, ऐनापहरा झरना यहाँका प्रमुख पर्यटकीय गन्तव्यस्थल हुन् ।









विद्यार्थीलाई कपडा
जनता सहकारीको रक्तदान
सहारा स्कुललाई सहयोग
‘झ्व भ्वय’ १९ गते
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया