कर्णाली नदीमा जीप खस्दा ५ काे मृत्यु, ४ घाइते

समाधान संवाददाता, काठमाडाैं
बाजुराको हिमाली गाउँपालिकामा जीप कर्णाली नदीमा खस्दा मृत्यु हुनेकाे संख्या पाँच पुगेकाे छ ।
दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक बेपत्ता थिए । बेपत्ताको शव फेला परेसँगै मृत्यु हुनेकाे संख्या पाँच पुगेकाे प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटका अनुसार से१ज १०६४ नम्बरको जीप बिहीबार दिउँसो कर्णाली नदीमा खसेको हो।
भाटका अनुसार दुर्घटनामा चार जना घाइते छन्। दुई जनाको अवस्था गम्भीर छ। गम्भीर घाइते हुनेमा दुई जना मुगु मुगुकर्मारोक गाउँपालिका-८ का २० वर्षीय गेम्चो लामा र २१ वर्षीय टोर्से लामा छन्।
यस्तै, बाजुरा बुढीनन्दा नगरपालिका-६ की २२ वर्षीया सरू विक र उनकी दुई वर्षीया छोरी सामान्य घाइते छन्।
मृतकमध्ये चालक रमेश शाहीको मात्र सनाखत भएको भाटले बताए।
अन्य मृतकको सनाखत भइसकेको छैन।
भाटका अनुसार धुलाचोरबाट कोल्टी जाँदै गरेको जीप कर्णाली नदीमा खसेको थियो।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया