हट्ने भयो त्रिविभित्रको प्रहरी चौकी

समाधान संवाददाता, काठमाडाैं
त्रिभुवन विश्वविद्यालय परिसरभित्र निर्माण भई सञ्चालनमा रहेको प्रहरी चौकी हटाउने सहमति भएको छ।
त्रिवि हाताबाट प्रहरी चौकी तत्कालै हटाउने नेपाल विद्यार्थी संघ र त्रिवि विद्यार्थी कल्याण तथा खेलकूद निर्देशनालयले सहमति गरेका हुन्।
नेविसंघ त्रिवि इकाइ सचिव योगेन्द्र रावल र निर्देशनालयका निर्देशक गंगाबहादुर थापा मगरबीच आइतबार भएको सहमतिपत्रमा प्रहरी चौकी त्रिवि हाताबाट तत्काल हटाउने उल्लेख छ।
त्रिवि परिसरभित्र आयुर्वेद क्याम्पस र आयुर्वेद अस्पतालको अगाडि प्रहरी चौकी छ।
सहमति पत्रमा स्ववियु निर्वाचन फागुनभित्र गर्नका लागि एक साताभित्र मिति तोक्ने र निर्वाचन कार्यतालिका एक महिना अघि सार्वजनिक गर्नुपर्ने बुँदा पनि समावेश गरिएको छ।
त्रिवि उपकुलपति धर्मकान्त बाँस्कोटालाई नेविसंघले समस्या समाधानका लागि १५ दिने अल्टिमेटम दिएपछि छलफल भएको थियो।
त्रिविमा राजनीतिक आस्थाका आधारमा कसैलाई पनि भेदभाव नगर्ने पनि सहमति भएको छ। त्रिविमा कम्पाउण्ड वाल निर्माणमा बजेटको व्यवस्थापन गर्ने पनि बुँदा छ।









सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया