सेतीमा धकेलेर मार्नेलाई जन्मकैद

कृष्ण न्यौपाने
दमौली
तनहुँको व्यास नगरपालिका ४ बाघभन्ज्याङ बस्ने रामबहादुर परियारको हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका ३ जना अभियुक्तमध्ये २ जनालाई जन्मकैद फैसला भएको छ । जिल्ला न्यायधाीश दुर्गाप्रसाद ढुंगेलको इजलासले परियारको हत्यामा संलग्न रहेका व्यास नगरपालिका ४ बस्ने भारती परियार र मंगलबहादुर दमैलाई जन्मकैद फैसला सुनाएको हो । सोही अभियोगमा थुनामा रहेका सुकबहादुर परियारलाई ३ वर्ष कैद फैसला भएको जिल्ला अदालतका स्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए ।
२०६८ साउन ९ गते भारतीको योजनामा मंगलबहादुर र सुकबहादुरले रामबहादुरलाई शुक्लागण्डकी नगरपालिकाको दुलेगौडास्थित सेती नदीको पुलबाट धकेलेर हत्या गरेको अनुसन्धानबाट खुलेको थियो । प्रहरीले अभियुक्तहरुलाई गत वर्ष पुस २९ गते पक्राउ गरेको थियो ।
हत्यामा संलग्न भारती मृतकका बुहारी हुन् भने दमै मृतकका भान्जा हुन् । मृतककी श्रीमती सनिसरा परियारले आफ्ना श्रीमान् सुकबहादुर र मंगलबहादुरसँग घरबाट दुलेगौडा जान भनी हिँडेकोमा बेपत्ता भएकाले अनुसन्धान गरी खोजतलास गरी पाऊँ भनी २०७१ मंसिर १४ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा निवेदन दिएकी थिइन् ।
प्रहरीले घटनाको अनुसन्धान गर्दै जाँदा मृतक रामबहादुरको हत्या भारतीको योजनामा भएको पत्ता लगाएको थियो । भारतीले सुकबहादुर र मंगलबहादुरलाई ५÷५ हजार दिएर रामबहादुरको हत्या गर्न लगाएको अनुसन्धानबाट खुलेको छ । जेठाजु बुहारी नाता पर्ने भारती र मृतक रामबहादुरबीच बढी हिमचिम रहेको, उनीहरु घुम्नका लागि काठमाडौसम्म जाने गरेको बताइएको छ । यस्तो सम्बन्धपरिवारका अन्य सदस्यले थाहा पाएका कारण पतिसँग सम्बन्ध बिग्रने डरले भारतीले रामबहादुरको हत्याको योजना बनाएको प्रहरीले जनाएको छ ।
सुकबहादुर र मंगलबहादुरले रामबहादुरलाई साउन ९ गते दुलेगौंडा पारी रहेको दिदीको घरमा जाऊ भनी बोलाइ ठाउँ ठाउँमा मादक पदार्थ खुवाएका थिए । शुक्लागण्डकी नगरपालिका ४ र ८ को सीमानामा पर्ने सेतीनदीमाथिको पुलबाट धकेलेर रामबहादुरको उनीहरुले हत्या गरे ।
रामबहादुरको हत्यापछि सुकबहादुर भारत गएका थिए भने मंगलबहादुर वैदेशिक रोजगारीका शिलशिलामा साउदी पुगेका थिए । मंगलबहादुर २०७२ मा नेपाल फर्केर चितवनतिर बस्दै आएका थिए ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया