मुस्ताङ र म्याग्दीबीच सीमा विवाद

एसके थकाली
जोमसोम
मुस्ताङ र म्याग्दीको सीमा विवाद सुल्झाउन पहल सुरु भएको छ । सीमा क्षेत्र पैरोथाप्लामा भएको सरोकारवालाको बैठकले विवाद सुल्झाउन ३ बुँदे सहमति गरेको छ ।
सहमतिपत्रमा मुस्ताङको तर्फबाट प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्याल, थासाङ गाउँपालिका अध्यक्ष बुद्धिप्रसाद शेरचन, विशाल शेरचन, नापी कार्यालयका कर्मचारी र सुरक्षा निकायका प्रतिनिधि सहभागी थिए । म्याग्दीको तर्फबाट प्रमुख जिल्ला अधिकारी ज्ञानबहादुर ढकालसहित म्याग्दीको नापी कार्यालयका कर्मचारी र जनप्रनिधिको सहभागिता थियो । द्विपक्षीय टोलीले दुवै जिल्लाका २÷२ जना रहेको समिति गठन गरेको छ । समितिले नापी विभागसँग समन्वय गरी समस्या हल गर्ने जनाइएको छ ।
नापी टोलीलाई विवादित स्थानमा ल्याएर नापजाँच गरी सीमा छुट्याइनेछ । यसका लागि लाग्ने खर्च दुवै पक्षले आधा आधा व्यहोर्ने सहमति भएको छ । गठित समितिले नापी विभागको सहयोगमा विवादको हिमालको सीमासमेत निर्धारण गर्ने छ । तत्कालीन राजा वीरेन्द्र शाहको शासन कालअघि मुस्ताङको सीमाना म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वरसमेत थियो भने सदरमुकाम अन्नपूर्ण गाउँपालिका ३ दानामा थियो । ७५ जिल्ला बनाउने क्रममा मुस्ताङको भूगोल कम भएको हो ।
सीमा क्षेत्रमा २ वटा बाँदरजुङे भीर भएकाले दुवै जिल्ला सीमाबारे अलमलमा थिए । मुस्ताङ आउने पर्यटकलाई मुस्ताङको पहिचानसहित स्वागत गेट निर्माण गर्ने संघीय सांसद प्रेमप्रसाद तुलाचनले जनाएपछि सीमा निर्धारण गर्न पहल थालिएको मुस्ताङका प्रजिअ अर्यालले जानकारी दिए । म्याग्दी पक्षले मुस्ताङको सीमानामा पर्ने तुरतुरे धारासम्म आफ्नो एरिया भएको दाबी गरेको छ भने मुस्ताङ पक्षले बेनी—जोमसोम सडकदेखि पैरोथाप्ला जाने झोलुंगे पुलसम्म आफ्नो एरिया भएको दाबी गरेको छ ।
मुस्ताङका प्रजिअ अर्यालले दाबी गरिएको स्थानसम्म मुस्ताङको सरकारी र स्थानीय संरचना रहेको बताए । पैरोथाप्लामा रहेको मुस्ताङको विद्यालयको नाममा सडकमाथि जंगल रहेको लालपुर्जा यसको प्रमाण भएको उनले जनाए । सीमा विवाद सुल्झाउन आवश्यक परे स्थलगत रुपमै हेरेर नापजाँच गर्ने अर्यालको भनाइ छ । अहिलो जाडो मौसम भएकाले केही महिनाभित्रै सीमा विवाद सुल्झाउन ठोस प्रयत्न गर्ने दुवै पक्षको भनाइ छ ।
म्याग्दी र मुस्ताङको सीमामा सरोकारवाला ।









विद्यार्थीलाई कपडा
जनता सहकारीको रक्तदान
सहारा स्कुललाई सहयोग
‘झ्व भ्वय’ १९ गते
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया