एनसेल टावरमा आगजनी
समाधान संवाददाता
२०७६ पुष २८ गते १२:२२

समाधान संवाददाता, दुलेगौंडा
तनहुँको भिमाद नगरपालिका ५ मिर्छुलुङमा रहेको एनसेल टावरमा शनिबार राति अज्ञात समूहले आगजनी गरेको छ । राति ११ बजे एनसेल कर्मचारीको मोबाइलमा म्यासेज आएपछि टावर बन्द भएको थियो । आगजनी भएको थाहा पाएपछि कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय भिमादका प्रमुख प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले आगजनीबाट टावरका सबै उपकरण जलेर नष्ट जानकारी दिए । बिजुलीको मुख्य मिटरबाट लाइन काटेर आगजनी गरेको रेग्मीले उल्लेख गरे । आगजनीबाट टावरको जेनेरेटर, ब्याट्री तार लगायतका सामग्री जलेका छन् । आगजनी गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित








विद्यार्थीलाई कपडा
जनता सहकारीको रक्तदान
सहारा स्कुललाई सहयोग
‘झ्व भ्वय’ १९ गते
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया