गोरखामा भेटिए कालु पाँडे र पृथ्वीनारायण !

पृथ्वी जयन्तीमा सहभागी भएका ओमबहादुर श्रेष्ठ (पृथ्वीनारायण शाह) र तोपप्रसाद श्रेष्ठ (कालु पाण्डे) ।
मोहसिन अली मियाँ
गोरखा
‘पृथ्वीनारायण शाह हाम्रा इतिहास हुन्,’ गोरखा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा ७४ वर्षीय विष्णुहरि अर्यालले भने, ‘उहाँ नभइदिएको भए हामी न गोर्खाली हुने थियौं, न नेपाली नै ।’ दोस्रो जनआन्दोलनपछि पृथ्वीनारायण शाहबारे सिर्जना भएको परिस्थिति देशका लागि दुर्भाग्यपूर्ण रहेको उनले टिप्पणी गरे ।
पृथ्वीनारायण शाहको शालिक ढाल्ने, बजारमा बजार घिसारेर अपमान गर्नेहरुले नै अहिले पृथ्वी जयन्ती बनाउन थाल्नु ढोङ भएको उनले बताए । ८० वर्षका हिक्मतबहादुर थापा त पृथ्वीनारायण शाह भगवान नै भएको बताउँछन् । पछिल्लो समय शाहको योगदान र इतिहास बिइर्सदै गएको भन्दै उनले इतिहास बिर्सनु अक्षम्य हुने तर्क गरे । शाह वंशबाट धेरै राजा भए पनि पृथ्वीनारायण शाहको फरक इतिहास भएको उनको जिकिर छ । ‘राम्रो काम गर्नेलाई हामीले मान्ने हो,’ गोरखा संग्रहालय नजिकै घर भएका थापाले प्रश्न गरे, ‘पृथ्वीजयन्ती मनाउँदैमा देशमा राजा फर्किन्छन् र ?’
शाहकै भेषमा श्रीपेचसहित आएका पोखरीथोककै ओमबहादुर श्रेष्ठ कार्यक्रमका मुख्य आकर्षण बने । उनी भन्छन्, ‘इतिहासको झल्को दिन उहाँकै शैली र भेषमा आएको हुँ ।’ सदरमुकाम र आसपासमा हुने ठूला सभा, समारोहमा विगत ३ वर्षदेखि शाहको भेष र शैली अनुशरण गर्दै श्रेष्ठ उही भेषमा प्रस्तुत हुन्छन् । शिरमा श्रीपेच, दौरा, सुरुवालसहित ढाल र तरबार बोकेर कार्यक्रम स्थलमा उभिँदा श्रेष्ठसँग सेल्फी लिनेको भिड लागेको थियो । शाहका स्वकीय सचिवका रुपमा कालु पाण्डे पनि सँगै देखिए । काल पाण्डेको भेषमा स्थानीय तोपप्रसाद श्रेष्ठ आएका थिए ।
पहिलो पटक सार्वजानिक बिदा नै दिएर गोरखा नगरपालिकाले पृथ्वी जयन्तीका अवसरमा आयोजना ग¥यो । १४ वटै वडाबाट झाँकीसहित विभिन्न जातजातिको संस्कृति झल्कने ¥याली निकालियो । गोरखा संग्रहालयभित्रको शाहको शालिकअघि उभिएर धेरैले उनको योगदानको प्रशंसा गरे । ‘हाम्रो देश ४ जात, ३६ वर्णको फूलबारी हो,’ शाहकै भनाइ दोहो¥याउँदै जिल्ला समन्वय समिति प्रमुख अशोक गुरुङले भने, ‘उहाँको दिव्योपदेशमात्रै पालना गर्ने हो भने पनि देशको मुहार फेरिने निश्चित छ ।’
गोरखा नगरपालिका प्रमुख राजनराज पन्तले इतिहासलाई बद्नाम गर्न खोज्नेहरुको योजना असफल भएको टिप्पणी गरे । ‘हिजोका दिनमा जुन किसिमले इतिहासलाई बद्नाम गर्न खोजियो, कलंक सोचियो, त्यो आज गलत सावित भएको छ,’ पन्तले भने, ‘हाम्रो सम्पत्ति भनेकै इतिहास हो ।’ पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै पृथ्वी जयन्तीकै अवसरमा गोरखा नगरपालिकाले ‘गोरखा जाऔं’ अभियानसमेत सुरुआत गरेको छ । ‘इतिहास देखाएर हामी पर्यटन भित्र्याउन चाहन्छौं,’ पन्तले भने ।
गोरखा उद्योगा वाणिज्य संघको समन्वयमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले गोरखा नेपालको माइल स्टोन रहेको बताए । नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापाले १२ वर्षपछि खोलो फर्किदा गोरखाली उत्साहित बनेको टिप्पणी गरे । कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति सुकदेव दवाडी, नेकपा जिल्ला सदस्य सानुमाया बस्नेत, समाजवादी पार्टी अध्यक्ष नारायण खत्री, राप्रपाका शंकर अधिकारी, उद्योग बाणिज्य संघ गोरखा अध्यक्ष जीवनज्योति श्रेष्ठ, ज्येष्ठ नागरिक संघका अध्यक्ष मोहनलाल श्रेष्ठ लगायतले शाहको योगदानको चर्चा गरेका थिए ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया