पुस्तक तथा स्टेसनरी व्यवसायीको सभा

समाधान संवाददाता, पोखरा
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ, गण्डकी प्रदेशको दोस्रो वार्षिक साधारणसभा शनिबार भएको छ । साधारणसभा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले उदघाटन गरेकी थिइन् । मन्त्री पुनले व्यवसायीले आफ्ना हितका मात्रै कुरा नगरी सामाजिक सेवाका क्षेत्रमा पनि अग्रसर हुनुपर्ने बताइन् । पुस्तक पढ्ने संस्कार बिस्तारै हराउँदै गएको भन्दै उनले पुस्तक पढ्ने बानीको विकास गर्न पनि महासंघले भूमिका खेल्न जरुरी रहेको खाँचो औंल्याइन् ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष मनहरि बस्यालले जनक शिक्षा सामग्री केन्द्रले व्यवसायीलाई राम्रो व्यवहार नगरेको गुनासो गरे । उनले अहिले स्कुलको कक्षा ८ सम्मका पुस्तक रंगीनमा आइसकेकाले पुराना पुस्तक फिर्ता गराएर सोही बिलमा मिलान गराउन जनक शिक्षा सामग्री केन्द्रले सहयोग गर्नुपर्ने जिकिर गरे ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष दुर्गाकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभामा महासंघका पूर्वकेन्द्रीय अध्यक्ष धनराज आचार्य, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष ऋषिराम भण्डारी, जनक शिक्षा सामग्री केन्द्र गण्डकी प्रदेश प्रमुख जयराम अर्याल, प्याब्सन गण्डकी प्रदेशका अध्यक्ष प्राडा चन्द्रबहादुर थापा, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ प्रदेश ३ का अध्यक्ष किरणकुमार खनाल, लीलाराम गौतम, मोहनप्रसाद सापकोटा लगायतले बोलेका थिए ।
कार्यक्रम सञ्चालन महासंघ गण्डकी प्रदेशका सचिव धु्रवप्रसाद शर्माले गरेका थिए । साधारणसभाको अवसरमा उत्कृष्ट जिल्ला शाखाको रुपमा जिल्ला शाखा स्याङ्जालाई सम्मान गरिएको थियो । उत्कृष्ट गण्डकी प्रदेश सदस्यका रुपमा सुरेन्द्र बास्तोला र कृष्णप्रसाद पोखरेललाई सम्मान गरिएको थियो ।









सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया