कास्की २ को बजेटमा रानाको आपत्ति

समाधान संवाददाता
पोखरा
राष्ट्रिय सभाकी सांसद विन्दादेवी आले रानाले कास्की निर्वाचन क्षेत्र नं २ मा निर्बाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तरगत आर्थिक वर्ष २०७६÷०७७को बजेट एकलौटी रुपमा विनियोजन गरिएको आरोप लगाएकी छन् ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमलाई प्रत्यक्ष निर्वाचित सांसद विद्या भट्टराई (अधिकारी) ले एकलौटी गरेको आरोप लगाएकी हुन् । सांसद रानाले शनिबार पत्रकार सम्मेलनमार्फत् बजेटलाई एकलौटी र स्वेच्छाचारी ढंगले वितरण गर्न खोज्नु संददीय मर्यादा विपरित भएको बताइन् ।
रानाले भनिन्, ‘विद्याजीले तापाईँले सानो सानो योजना ल्याउनुस् म हाल्दिन्छु भन्नु सांसद र सिंगो पार्टीप्रतिको अपमान हो ।’ कांग्रेस नेतृ रानाले स्वर्गीय रवीन्द्र अधिकारीको नाम लिँदै भनिन्, ‘हिजो रवीन्द्रजीसँग छलफल भएरै कार्यक्रम ल्याइन्थ्यो, तर आज उल्टो अपमान र आपत्तिजनक व्यवहार हुनु कास्की र कस्केली जनताको हित विपरित भयो ।’ पत्रकार सम्मेलनमा रानाले भनिन्, ‘६ करोड बजेट जनता केन्द्रित हुनु पर्नेमा कार्यकर्तामुखी बन्ने भयो ।’
कानुनी अधिकारलाई लत्याउँदै निर्वाचित भएकै भरमा जिल्ला समन्वय समितिका संयोजक बैनबहादुर क्षेत्री लगायतले सबै कार्यक्रम सहमतिमा तय हुन नसक्ने भन्ने व्यवहार आफूलाई मान्य नभएको रानाले बताइन् ।
रानाले कास्की क्षेत्र नं २ अन्तर्गत पृथ्वीचोक, महेन्द्रपुल, चिप्लेढुंगामा आकाशे पुल, मैदान ठूलीस्वाँरा सुरौदी मोटरमार्ग, बासपानी कपासे सुरौदी हलेदेमार्ग, गिरीगाउँ खेल मैदान निर्माण, देउराली ब्यारेकचोक मोटरबाटो, पोखरा ७ स्थित सेती नहर दायाँबायाँ ढलान बाटो निर्माण, काहुँ धरहरा जाने मोटर बाटो, फूलबारी पुन समाजको भवन, प्रतिभा टोल आमा समूह भवन निर्माणलाई आफूले प्राथमिकता दिएको बताइन् ।
पत्रकार सम्मेलनमा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालय पोखरा १७ को भवन, पोखरा ३३ स्थित मलागिरी बहुउद्देश्यीय सामूदायिक समाज भवन, पोखरा १६ बानिया पथ बाटो पिच निर्माण, भयरस्थान मार्गका शाखा बाटो कालोपत्रे तथा ढलान, नारी परोपकार सभाहल निर्माण, आँटीघर मंछापदेखि मोहरिया मौजा सडकको स्तरवृद्धि लगायत योजना प्रस्ताव गरे पनि समावेश नभएको बताइन् । २०७० सालदेखिको समानरुपले छनोट गरिएको योजनाहरुमा आफूले पारदर्शी, सामाजिक उत्तरदायित्व र जवाफदेहिताका आधारमा सम्पन्न गरेकोसमेत उल्लेख गरिन् ।
जिल्ला समन्वय समिति कास्कीका संयोजक बैनबहादुर अधिकारी क्षेत्रीले सल्लाहका लागि बोलाउँदा सांसद रानाले माइन्युट च्यातेर हिँडेको बताए । क्षेत्रीले भने, ‘मैले नै फोन गरेर आउनुस् भनेको हुँ, विगतको अनुभव तपार्इँसँग छ भनेकाले उहाँ आउनु भयो, ३ करोड बराबरको योजना चाहिन्छ भन्नुभयो ।’ क्षेत्रीले सांसद रानाले माइन्युट च्यातेर राम्रो व्यवहार नगरेको बताए । स्थानीय विकास पूर्वाधारका योजना निर्वाचित सांसदले अनुमोदन गरिसकेको उनले बताए । पूर्वाधार विकासमा निवेदन संकलन गरी सो क्षेत्रका सांसदबीच छलफल गरेर बजेट विनियोजन गर्ने प्रचलन छ ।









वन विज्ञानमा ‘हल्ट प्राइज’ को तयारी तीव्र : विद्यार्थीलाई उद्यमशील बनाउन विज्ञद्वारा प्रशिक्षण
पोखरामा चाँदनी जोशीको पुस्तक सार्वजनिक
नेपाली कांग्रेसले नैतिकताको बन्धन तोडेर स्वतन्त्र बनाएपछि रास्वपामा आएँ : कुमार खड्का
रास्वपाको लक्ष्य १५१ सिट : रास्वपा उपसभापति डा. वाग्ले
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया