मुख्यमन्त्री कपः आदर्शको विजयी सुरुआत

समाधान संवाददाता
पोखरा
गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगितामा कास्कीको आदर्श युवा क्लबले गोरखाको प्रतिनिधित्व गरेको बौद्ध हिमालय क्लबलाई ३÷१ को फराकिलो गोलअन्तरले पाखा लगाउँदै जितको सुरुआत गरेको हो ।
उद्घाटन खेलको २७ औं मिनेटमा आदर्शका समीर कार्कीले गोल गर्दै कास्कीलाई अग्रता दिलाए । खेलको पहिलो हाफमा निकै दबाबमा राखेको कास्कीले निकै अवसर पाए पनि गोल गर्न भने सकेन ।
खेलको ३० औं मिनेटमा अजय श्रेष्ठले गरेको प्रहार आकाशियो । १–० ले पछि परेको गोरखाका लागि रीत गुरुङले ३५ मिनेटमा प्रहार गरेको फ्रि किक कास्कीका गोलरक्षक विश्वास क्षेत्रीले बचाउ गरे ।
पहिलो हाफमा १ गोलको अग्रता बनाएको कास्कीले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो । आदर्श कास्कीका लागि सुमीत श्रेष्ठले खेलको ५१ औं मिनेटमा गोल गरे भने १ मिनेट बित्न नपाउँदै अजय श्रेष्ठले खेलको ५२ औं मिनेटमा थप १ गोल गर्दै ३–० को अग्रता बनायो । ३–० ले पछि परेको गोरखाका लागि सन्दीप श्रेष्ठले खेलको ६५ औं मिनेटमा १ गोल गरे । खेलमा पाएको अवसरको सदुपयोग गर्न नसक्दा गोरखाले हार व्यहोर्न बाध्य भयो ।
मुख्यमन्त्री कपमा जिल्ला लिग बिजेता टिम स्याङ्जाबाट होराइजन क्लब, तनहुँबाट भीमाद युथ क्लब, लमजुङबाट त्रिवेणी युवा क्लब, गोरखाबाट बौद्ध हिमाल क्लब, कास्कीबाट आदर्श क्लब, नवलपुरबाट गैंडाकोट खेलकुद, मनाङबाट डाँफे युवा क्लब, बागलुङ फुटबल संघ र म्याग्दी फुटबल संघ गरी ९ टिमले प्रतिस्पर्धा गर्ने छन् । पर्वत, म्याग्दी तथा मुस्ताङबीच क्वालिफाइङ प्रतिस्पर्धाबाट म्याग्दी छनोट हँुदै मुख्यमन्त्री कप खेल्ने अवसर पाएको हो ।
मुख्यमन्त्री कप विजेता टिमले नगद ५ लाख र उपविजेताले ३ लाखसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी हुने टिमलाई टिम तयारी स्वरुप नगद ५० हजारसमेत प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा बेस्ट डिफेन्स, बेस्ट गोल किपर, बेस्ट मिडफिल्ड, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता माघ १४ गतेसम्म चल्नेछ ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया