पञ्चमुनिदेव माविको स्वर्ण महोत्सव

समाधान संवाददाता
दुलेगौंडा
शुक्लागण्डकी नगरपालिकाको नमुना विद्यालय पञ्चमुनिदेव माविको स्वर्ण महोत्सवमा विभिन्न कार्यक्रम गर्ने तयारी गरेको छ । वि.स. २०२७ सालमा स्थापित यस विद्यालयले खेलकुद, शैक्षिक प्रदर्शनी, रक्तदान, नृत्य, नाटक एवं खुला वक्तृत्व कला प्रतियोगिता लगायत गरिने मंगलबार दुलेगौंडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । विद्यालयका प्रधानाध्यापक ध्रुवकुमार मल्लले आन्तरिक र वाह्यरुपमा विभिन्न कार्यक्रम गर्न लागिएको बताए ।
उनका अनुसार बुधबारबाट राष्ट्रियस्तरको भलिबल प्रतियोगिता सुरु हुँदै छ । प्रतियोगितामा प्रथम हुने समूहले ५० हजार, द्वितीयले ३० हजार र तृतीयले २० हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा हालसम्म १६ समूहले दर्ता गरेको विद्यालयले जनाएको छ । विद्यालय स्तरीय ५ किलोमिटर छात्र दौड प्रतियोगिता बिहीबार हुने छ । कक्षागत तथा छात्रछात्रालाई समावेश गरी विभिन्न प्रतियोगिता राखिएको उनले बताए । गाछेपानीदेखि खैरेनीटारसम्म सो दौड हुने छ । सोमबार पूर्व राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गर्ने सूचना अधिकारी लक्ष्मण पुरीले जानकारी दिए ।
पत्रकार सम्मेलनमा वडा नं. ४ का अध्यक्ष शिवकुमार श्रेष्ठले वडाको १ मात्र विद्यालयलाई प्रभावकारीरुपमा अघि बढाइ देशकै नमुना विद्यालय बनाउने उल्लेख गरे । विद्यालयमा कक्षा १२ सम्म २ हजार ३ सय ३४ विद्यार्थी अध्ययनरत छन् । पञ्चमुनिदेव माविले २०७३ सालमा जिल्लामै पहिलोपटक कक्षा ९ मा प्राविधिक धारतर्फको पशु विज्ञान सुरु गरेको थियो ।









सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया