शैक्षिक गुणस्तर सुधार्न चुनौती छः पूर्व राष्ट्रपति यादव

राजन उपाध्याय
दुलेगौंडा
पूर्व राष्ट्रपति डा. रामवरण यादवले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार्न चुनौती भएको बताएका छन् । दुलेगौंडास्थित पञ्चमुनिदेव माविको स्वर्ण महोत्सव उद्घाटनपछि उनले चुनौती सामाना गर्दै सामूहिक रुपमा अघि बढेमात्र सफलता मिल्ने बताए । उनले सीमित भौतिक पूर्वाधार, जनशक्तिका बाबजुद विद्यालय सफल हुनुमा समुदायको महत्वपूर्ण योगदान रहेको चर्चा गरे । ‘गुणस्तरीय शिक्षा दिने हो भने यी सबै आवश्यकता पूर्ति हुन्छ,’ उनले थपे, ‘अभिभावक सहयोग गर्न तयार हुनेछन् ।’
प्रदेशसभा सदस्य आशा कोइरालाले रोजगारमूलक शिक्षा अहिलेको आवश्यकता भएको औंल्याइन् । ‘अब बेरोजगार उत्पादनभन्दा रोजगारमूलक शिक्षातर्फ ध्यान दिनु जरुरी छ,’ उनले भनिन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले शैक्षिक क्षेत्रमा हुने राजनीतीकरण अन्त्य हुनुपर्नेमा जोड दिए ।
शिक्षा समन्वय इकाइ तनहुँका प्रमुख रमाकान्त शर्माले नियमित खट्ने हो भने सामुदायिक विद्यालय पनि नमुना हुन सक्ने उल्लेख गरे । वडा शिक्षा समिति संयोजक शिवकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका संस्थापक प्रधनाध्यापक नारायणप्रसाद भट्टराई, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका उपाध्याक्ष कृष्णराज पण्डित, वर्तमान प्रधानाध्यापक ध्रुवकुमार मल्ल, सहायक प्रअ एकनारायण भण्डारी, विमल जोजिजु, भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष शंकर पन्त, पूर्व विद्यार्थी भीष्म श्रेष्ठ लगायतले विद्यालयलाई अघि लैजान सघाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा विद्यार्थीले सांगीतिक प्रस्तुति राखेका थिए । विद्यालयमा कक्षा १२ सम्म २ हजार ३ सय ३४ विद्यार्थी छन् ।









कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
कांग्रेसको आन्तरिक किचलो उत्कर्षमा : महामन्त्रीद्वयले बोलाए पुस २७ मा विशेष महाधिवेशन
जलाउने र ठग्नेको मिलाई
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया