मुस्ताङमा तेस्राे राष्ट्रिय स्की प्रतियाेगिता हुने

समाधान संवाददाता, पाेखरा
मुक्तिनाथ रानीपौवाका स्थानीय पर्यटन व्यवसायी सुरज गुरुङको पहलमा मुस्ताङमा तेस्रो राष्ट्रिय स्की प्रतियोगिता हुने भएको छ । नेपाल स्की संघले मुक्तिक्षेत्रमा स्की च्याम्पियनसिप गर्न लागेको हो ।
हिउँको चाँङसँगै चिप्लेटी खेल्दै लुकामारी गर्ने साहसिक खेल हो स्की । समुन्द्री सतहदेखि करिब ४ हजार मिटर उचाइमा हिउँमाथि स्की खेल्ने गरिन्छ । हाइ अल्टिच्युड साहसिक स्की खेल्न उपयुक्त स्थान मुस्ताङ भएकाले संघले यहीँ दोहोर्याएर प्रतियोगिता गर्न लागेको संघका महासचिव विजय श्रेष्ठले जानकारी दिए ।
यसअघि संघले रसुवाको लाङटाङस्थित क्यानजेन क्षेत्रमा पहिलो पटक स्की च्याम्पियनसिप गरेको थियो । उनले मुस्ताङ जिल्ला अरु जिल्लाभन्दा भौगोलिक दृष्टिकोणले बाटोघाटोको सहजता, यातायात, होटल र स्की खेल्न चाहिने सबै पूर्वाधार भएकाले च्याम्पियनसिपका लागि मुस्ताङ छनोट गरिएको महासचिव श्रेष्ठले प्रष्ट पारे । महासचिव श्रेष्ठले मुस्ताङमा स्की रिसोर्ट स्थापना गर्न सके पर्यटन क्षेत्रमै छलाङ मार्ने दाबी गरे ।
भारी हिमपात भएको क्षेत्रमा प्रशस्त अक्सिजन उपलब्ध हुने भएकाले स्की खेल्न सेताम्मे हिउँ अनुकूल भएको संघको ठम्याइ छ । संघले विशुद्ध पर्यटन प्रवद्र्धन लक्ष्यसहित कार्यक्रम गर्न लागेकाले यसका विजेतालाई नगद नभई प्रमाणपत्र, मेडल लगायतले पुरस्कृत र सम्मानित गरिने जनाएको छ । मुस्ताङमा स्की च्याम्पियनसिप आयोजना गर्न संघ टोली आउँदो बिहीबार काठमाडौंबाट मुस्ताङ प्रस्थान गर्दै छ ।
संघले प्रतियोगीलाई यही माघ १८ र १९ गते मुक्तिनाथ क्षेत्रमा स्की प्रशिक्षण गराउने र २० गते अन्तिम च्याम्पियनसिप गर्ने तयारी थालेको हो । स्कीका लागि पूरै खर्च व्यवस्थापन र स्की इकुमेन्ट संघकै रहनेछन् भने यसकोे समन्वय मुक्तिनाथको होटल ग्रान्ड सम्वाला, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र संघ तथा प्रदेश सभासदले गर्ने संघले जनाएको छ ।
दोस्रो संस्करणमा २५ खेलाडी सहभागी थिए भने यसपटक ४० भन्दा बढी सहभागी हुने आयोजकको अनुमान छ । महासचिव श्रेष्ठले यसपटक स्नो बोडिङ एसोसिएनले कालिञ्चोकमा आयोजना गरेको स्कीका ६ जना च्याम्पियनले भाग लिने बताए । उनका अनुसार स्की च्याम्पियनसिपमा स्नो बोडिङ स्की, अल्पाइन स्की र क्रस कन्ट्री स्की समावेश हुँदै छ । स्की समन्वयकर्ता होटल ग्रान्ड सम्वालाका सञ्चालक सुरज गुरुङले मुस्ताङको पर्यटक विकासका लागि स्की च्याम्पियन महत्वपूर्ण भएको बताए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया