चीनले दुई दिनमै बनायो कोरोना भाइरसको उपचार गर्न हजार शैय्याको अस्पताल

एजेन्सी
अहिले विश्वभरि नै कोरोना भाइरसको आतकं फैलिएको छ।
चीनको वुहान सहरबाट सुरू भएको भाइरसका कारण अहिलेसम्म १ सय ३१ जनाले ज्यान गुमाइसकेका छन्।
विश्वभरी करिब ६ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको अनुमान गरिएको छ।
चीनले उक्त भाइरसको उपचारको लागि भन्दै दुई दिनमा हजार शैय्याको आस्पताल तयार पारेको छ। यो कोरोना भाइरसको मात्रै उपचार हुने पहिलो अस्पताल हो।
५ सय भन्दा बढी कामदार र दर्जनौं हेभी इक्वीपमेन्ट प्रयोग गरेर उक्त अस्पताल तयार गरिएको थियो। अस्पताल निर्माणको लागि गत शुक्रबार स्थानीय सरकारले आह्वान गरेको थियो।
त्यसपछि विभिन्न निर्माण कम्पनी तथा स्वयमसेवक, कर्मचारी र प्रहरीले ४८ घण्टा लगातार काम गरेर खाली विल्डिङलाई अस्पतालमा रुपान्तरण गरेका थिए।
आगामी मेमा उक्त विल्डिङमा ह्वाङगाङ सेन्ट्रल हस्पिटलले आफ्नो नयाँ शाखा कार्यलय खोल्दै थियो।
स्थानीय सरकारले उक्त भवनलाई कोरोना भाइरसको उपचारको लागि प्रयोग गर्न भनेको थियो।
शुक्रबार स्थानीय सरकारको घोषणापछि शनिबारबाट काम सुरु भएको त्यस अस्पतालमा सोमबारसम्मा पानी, विजुली तथा इन्टरनेटको जडान गरिएको थियो।









हाकिम र चौकीदार मिलेर बिजुलीको तार गायब, प्राधिकरण पोखराका प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मेल्भिन जोन्सको जन्मजयन्तीमा लायन्सद्वारा कोपिला नेपाललाई खाद्यान्न सहयोग
निर्वाचन आउन ५० दिन बाँकी : बन्दसूचीबाट १७५ उम्मेदवारले नाम फिर्ता लिए
तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया