सफल म्याराथुनमा ७ हजार धावक

समाधान संवाददाता
पोखरा
अन्तर्राष्ट्रिय स्तरको सिटी म्याराथन अवधारणा अनुरुप पोखरामा फागुन ३ गते सफल अन्तर्राष्ट्रिय म्याराथन हुने भएको छ । भूतपूर्व खेलाडी मञ्चले आयोजना गरेको प्रतियोगितामा नेपाली र विदेशी गरी ७ हजारभन्दा बढी सहभागी हुने मञ्चका अध्यक्ष तेज गुरुङले जानकारी दिए । उनले २० जना विदेशी धावकले १३ देशको झण्डा लिएर दौडने बताए । चीन र जापानबाट धावकले नाम दर्ता गरिसकेको बताउँदै उनले पर्यटन वर्ष २०२० लाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । हरेक वर्ष फागुन ३ गते नै प्रतियोगिता आयोजना गर्ने मञ्चले जनाएको छ ।
‘दौडौं स्वास्थ्यका लागि, दौडौं पोखराका लागि’ नाराका साथ आयोजित प्रतियोगिताले पोखरेलीको पहिचान अन्तर्राष्ट्रिय समुदायमा चिनाउन मद्दत गर्ने आयोजकको अपेक्षा छ ।
सन् २००२ बाट सुरु भएको म्याराथन १४ औं पटक आयोजना गरिएको हो । यसपटक म्याराथनमा ४२ किमी, महिला तथा पुरुष १० किमी, छात्रछात्रा ५ किमी, ह्विलचेयर ४ सय मिटर पुरुष, १ सय मिटर महिला, दृष्टिविहीन १ सय मिटर र सबैका लागि रन फर फन हुनेछन् ।
४२ किलोमिटर दौड पोखरा रंगशालाबाट सुरु हुनेछ । पृथ्वचोक, मुस्ताङचोक हुँदै, बिरौटा, बरालफिड, पाताले छाँगो, छोरेपाटनको चौतारामा पुगेर टोली फर्कनेछ । टोली बरालफिड हुँदै राष्ट्रबैंक चोक, सहिद चोक, बसुन्धरा पार्क, तालबाराही चोक हल्लनचोक, जरेवर, जिरो किमी, सिर्जना चोक, सभागृह चोक, न्युरोड, विपी चोक, सिद्धार्थ चोक हुँदै वागलुङ हाइवेमार्फत हरिचोक, सिम्पानी, सुन्दर फिडसम्म पुग्नेछ । दीपबाट बगर हुँदै नदीपुर, फूलबारी भानुचोक, सयपत्री चोक, पुष्प सदन एकेडमी, शान्ति टोल, कसेरीबजार टोल, कास्की मोडर्नाइज्ड स्कुल, चाउथे चोकको रुट तोकिएको छ ।
धावक चाउथे चोकबाट शिव मन्दिर पोखरा १४ को कार्यालय, शिव मन्दिर चोक, पोखरा १५ को कार्यालय मीलन चोक, मेरी गोल्ड स्कुल चोक हुँदै पोखरा रंगशालामा पुगेपछि म्याराथन सकिनेछ ।
भूतपूर्व खेलाडी मञ्चका उपाध्यक्ष हरिप्रसाद पराजुलीले प्रतियोगिताको तयारीमा लामो समय खर्च हुने जानकारी दिए । बीचमा केही वर्ष रोकिए पनि २०५८ सालबाट मञ्चले म्याराथन निरन्तर आयोजना गरेको बताए ।









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया