रामबजारमा ज्येष्ठ नागरिक मिलन केन्द्र

समाधान संवाददाता
पोखरा
पोखरा १० राममबजारस्थित श्रीकृष्ण मन्दिरमा मन्दिर सञ्चालक समिति अन्तर्गत सञ्चालन हुने गरी ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गरिएको छ । पोखरा १० का अध्यक्ष राजकुमार गुरुङले वडा कार्यालयबाट हुनसक्ने सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
केन्द्रका स्थानीय समाजसेवी सीताराम घलेले ११ हजार १ सय ११, मन्दिरका मूर्तिदाता एवं सल्लाहकार रामप्रसाद गुरुङले २० हजार ५ सय, साकुरा मन्टेसरीका संस्थापक प्रिन्सिपल शर्मिला प्रधानांगले १० हजार सहयोग गरेका छन् । यस्तै, मन्दिर आमा समूहकी सल्लाहकार इन्द्राकुमारी गुरुङले ५ हजार ५ सय, मन्दिरका मानार्थ सदस्य महेश गुरुङले ५ हजार, ममिता गौतम स्मृति प्रतिष्ठानका संरक्षक चन्द्रकिशोर गौतमले ५ हजार सहयोग गरेका छन् ।
श्रीकृष्ण मन्दिरद्वारा विगत १० वर्षदेखि सञ्चालित असहाय बालबालिका शैक्षिक सहायता अक्षयकोषको ब्याजबाट कालिका माविका ६ जना असहाय एवं जेहेन्दार बालबालिकालाई सम्पूर्ण खर्च व्यहोरिँदै आएको छ ।
श्रीकृष्ण मन्दिर ज्येष्ठ नागरिक मिलन केन्द्रमा ७१ वर्षदेखि ९० वर्ष सम्मका ३३ जना ज्येष्ठ नागरिकले सदस्यता लिएका छन् ।
मन्दिरका संरक्षक गणेशकुमार प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक अभियन्ता महेश गुरुङ, ९० वर्षीय ज्येष्ठ नागरिक कृष्णबहादुर जोशी, शर्मिला प्रधानांग लगायतले बोलेका थिए । आमा समूहकी उपाध्यक्ष कमला गुरुङले स्वागत गरेको कार्यक्रम मन्दिर समितिका अध्यक्ष ज्ञानबहादुर थापाले सञ्चालन गरेका थिए ।









अधिकृत बिक्रेतामा तेजेन्द्रको नेतृत्व
पोखरा महोत्सव सुरु
कांग्रेस विशेष महाधिवेशन : राष्ट्रपति १ पटक, प्रधानमन्त्री २ पटक
सम्पादकीय—आश्वासनमै बन्धक प्रवासीको मताधिकार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया