वेस्टप्वाइन्टलाई राष्ट्रपति रनिङ सिल्ड

राकेश शर्मा
म्याग्दी
म्याग्दीको बेनी नगरपालिकाले आयोजना गरेको दोस्रो नगर स्तरीय अन्तर माध्यमिक छात्र÷छात्रा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि वेस्टप्वाइन्ट आवासीय माविले हात पारेको छ । खुला मञ्चमा भएको प्रतियोगितामा २१ स्वर्ण, ९ रजत र ११ कास्य पदक जितेको वेस्टप्वाइन्टले रनिङ सिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रसहित ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
माउन्ट एभरेस्ट आवासीय मावि १६ स्वर्ण, १३ रजत र १० कास्य पदकसहित उवविजेता बनेको छ । पहिलो पटक ३ स्वर्ण र १ कास्य पदक जित्दै कालीपुलको बालमन्दिर आधारभूत विद्यालय तेस्रो भएको छ । दोस्रो र तेस्रो भएका विद्यालयले ट्रफी, मेडल र प्रमाणपत्रसहित ३५ हजार र २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
वेस्टप्वाइन्टको जित कक्षा ११ की आयुषा केसीले ४ स्वर्ण र १ कास्य दिलाएकी थिइन् । केसी समग्रमा सर्वोकृष्ट र एथ्लेटिक्सतर्फ उत्कृष्ट खेलाडी बन्दै ६ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।
कबड्डीमा वेस्टप्वाइन्टका दिप्सन बुढा र भलिबलमा माउन्ट एभरेस्टकी दीक्षा पाइजाले उत्कृष्ट खेलाडीको उपाधि जितिन् । उत्कृष्ट खेलाडीलाई मेडल, ट्रफी र प्रमाणपत्रसहित २ हजार ५ सय रुपैयाँ प्रदान गरिएको थियो । छात्र÷छात्रा भलिबलमा माउन्ट एभरेस्ट प्रथम र प्रकाश मावि दोस्रो भए । छात्रा भलिबलमा म्याग्दी बहुमुखी क्याम्पस र छात्रतर्फ पौलत्स्य मावि तेस्रो भए । कबड्डीको छात्र÷छात्रा दुवै प्रतिस्पर्धामा वेस्टप्वाइन्ट आवासीय मावि प्रथम र माउन्ट एभरेस्ट आवासीय मावि दोस्रो, छात्रातर्फ सरस्वती मावि तातोपानी र छात्रतर्फ प्रकाश मावि तेस्रो भए ।
मार्चपासमा बेनी सामुदायिक मावि प्रथम, लिटिल गार्डेन एकेडेमी द्वितीय र बुद्ध एकेडेमी तृतीय भए । प्रतियोगितामा २४ वटा विद्यालय सहभागी थिए । जिल्ला समन्वय समिति प्रमुख देवेन्द्र केसी, नगर प्रमुख हरिकुमार श्रेष्ठ, नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठ, नगर कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, वडा अध्यक्षहरु राजेन्द्र श्रेष्ठ, बेलबहादुर कटुवाल, हीराबहादुर थापा, प्रहरी निरीक्षक डाक्टर चौधरी लगायतले पुरस्कार वितरण गरेका थिए । विजयी खेलाडी छनोट गरी फागुन ७ र ८ गते बेनीमा हुने जिल्ला स्तरीय प्रतियोगितामा सहभागी गराइनेछ ।









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया