आर्चरी संघमा शेरचनकै निरन्तरता

समाधान संवाददाता
पोखरा
कास्की जिल्ला आर्चरीको पाँचौ अधिवेशबाट संघको अध्यक्ष योगेन्द्र शेरचनले निरन्तरता पाएका छन् । उपाध्यक्ष वसन्त गौचन (साकुरा), सचिव गोविन्द ज्वारचन, कोषाध्यक्ष भीमबहादुर पुन, सहसचिव चित्रबहादुर रोकामगर छन् । सदस्यमा सञ्जीवमान तुलाचन, शंकर थकाली, सुमन गुरुङ, राजकुमार छन्त्याल, रश्मी दर्लामीमगर, मोनिका रानामगर छन् ।
अन्नपूर्ण आर्चरी क्लबको अधिवेशनमा वसन्त गौचन (साकुरा), उपाध्यक्ष दीपक तुलाचन, सचिव सञ्जीवमान तुलाचन, कोषाध्यक्ष दलमान छन्त्याल, सहसचिव पूर्णमान लालचन, सदस्यमा उमेश तुलाचन, छेमबहादुर बुढा, विकल थकाली, मीनप्रसाद छन्त्याल ओमप्रसाद गुरुङ, महेन्द्रबहादुर गुरुङ ताङ्वे छन् । क्लब र संघको कार्यसमितिको कार्यकाल वर्षको हुनेछ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी तथा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले निर्वाचनमा सहजीकरण गरेका थिए । कार्यक्रममा आर्चरी खेलको विकासमा योगदान पु¥याउनेलाई सम्मान गरिएको थियो ।
राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङले आर्चरीको विकास गर्न स्कुलदेखि नै प्रशिक्षण गराउनुपर्नेमा जोड दिए । विद्यालयस्तरदेखि नै प्रशिक्षण गराउनेतर्फ संघले विशेष ध्यान दिनुपर्ने खाँचो उनले औंल्याए । उनले फागु पूर्णिमाको समयमा आर्चरी खेल महोत्सव आयोजना गर्दै नयाँ पुस्तालाई आकर्षित गर्नेतर्फ ध्यान जानुपर्ने स्पष्ट पारे । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको आर्चरी खेल पोखरामा आयोजना गरिएको भन्दै अब नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि अहिलेदेखि नै तयारी थाल्नुपर्ने बताए ।
आर्मीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीकै लागि पश्चिम पृतना विजयपुरका १० जनालाई प्रशिक्षण दिइएको छ ।









कांग्रेस विशेष महाधिवेशन : सभापतिमा थापाको उम्मेदवारी, महामन्त्रीमा शर्मा र पौडेल
माइडियाका ग्राहकलाई मुम्बई यात्रा उपहार
अधिकृत बिक्रेतामा तेजेन्द्रको नेतृत्व
पोखरा महोत्सव सुरु
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया