मुस्ताङमा फेरी पर्यो हिउँ

फोटो क्याप्सनः मुस्ताङका ५ वटै पालिकामा हिमपात । तस्विरः एसके थकाली ।
एसके थकाली, जोमसोम
हिमाली जिल्ला मुस्ताङमा शुक्रबार बिहानै देखि जारी सिजनको अन्तिम हिउँ परेको छ । धमाधम जिल्लाका शैक्षिक संस्थाको नियमित पठन÷पाठन सुरुआत भईरहेको र हिउँदयामको जाडो छल्न बेसी झरेका मुस्ताङी घर फर्किने समयमा हिमपात भएको हो ।
मुस्ताङका ५ वटै स्थानीय तहमा हिमपात भईरहेको छ । हिमपातका कारण फागुन १ गते नयाँ शैक्षिक सत्रको पढाई सुरु गरेका यहाँका बिद्यालयमा हिमपातपछि बिद्यालयमा बिद्यार्थी पुग्न सकेका छैन । यसअघि मुस्ताङमा ३ पटकसम्म हिमपात भएको थियो । हिउँदयाम सकिएर गर्मीयाम सुरुआतको महिनामा हिमपात भएको हो । जाँडो छल्न जिल्ला छाडेका मुस्ताङीहरु हिमपातका कारण घर फर्किन समेत अप्ठ्यारो परेको हो । उपल्लो मुस्ताङमा गत मंसिर देखि सार्वजनिक यातायातका साधनहरु चलेका छैनन् ।
हिमपातले उपल्लो मुस्ताङको सडकमा हिउ जमेपछि विगत ३ महिना देखि सवारी आउजाउ ठप्प भएको यातायात व्यवसायी देव गुरुङले जानकारी दिए । उनले सडक सफा भएको खण्डमा यातायात सेवा साविक बमोजिम सुचारु गर्ने बताए । मुस्ताङमा यसअघि परेको हिउँ ओभाउदै गएको अवस्थामा पुनः हिउँ थपिएको हो । हिउँ परेपछि जोमसोम देखि मुक्तिनाथ जाने सडक अवरुद्ध भएको छ ।
उपल्लो मुस्ताङमा खाद्यान्न ढुवानीका लागि लोघेकर दामोदरकुण्ड–१ का अध्यक्षले डोजर लगाएर हिउँ सफा गरेको थियो भने कागबेनी–मुक्तिनाथ सडकको हिउँ वारागुङ मुक्तिक्षेत्रले सफा गरेको थियो । जारी सिजनको अन्तिम हिउँ परेपछि मुस्ताङ आउने पर्यटकलाई समेत असहज भएको छ । हिउँ पर्दा किसान उत्साहित मुस्ताङका किसानले धमाधम स्याउ बगैचा व्यवस्थापन गर्ने क्रम अन्तिम चरणमा पुग्दा हिउ परेको हो । हिउँ परेपछि यहाका किसान उत्साहित भएका छन् ।
हिउँले स्याउका बोट तथा नयाँ बिरुवालाई सिचाई आवश्यकता पुर्ति गर्ने ,हिउँले स्याउ बिरुवामा लाग्ने विभिन्न रोगका संक्रमणलाई हटाउने ,रैथानी बालीहरुलाई चाहिने कार्बनको मात्रा पुरा गर्ने र जमिनको माटोलाई मलिलो पार्न सहयोग पुर्याउने भएकाले हिउँ पर्नु किसानका लागि फाईदा भएको छेङ्गुरका किसान गमबहादुर गुरुङले जानकारी दिए ।









पोखरामा २२ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आयोजना हुनुको महत्व
हिमालय आँखा अस्पतालद्वारा अर्जुनचौपारीमा ६१ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया
पोखराकी व्यवसायी मीलन थापा रास्वपामा
शिवशक्ति माविमा साढे दुई दशक प्रधानाध्यापक रहेका बास्तोलाको बिदाइ
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया