पोखरा रंगशालामा सुटिङ र स्विमिङ पूर्वाधार

समाधान संवाददाता
पोखरा
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले पोखरा रंगशालामा सुटिङ र स्विमिङको पूर्वाधार निर्माण हुने बताएका छन् । ९ औं राष्ट्रिय खेलकुद लक्षित पूर्वाधार निर्माण गर्न लागिएको उनको भनाइ थियो ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको पत्रकार सम्मेलनमा सिलवालले राष्ट्रिय खेलकुदका लागि भौतिक पूर्वाधारको काम छिटो सक्ने बताए ।
उनले स्विमिङको र सुटिङको संरचनाका लागि पोखरा रंगशलाको माटो परीक्षणमा सकारात्मक रिपोर्ट आएको बताए । सुटिङका लागि अर्को हप्ता टेन्डर (बोलपत्र) आह्वान गर्ने सिलवालले जानकारी दिए ।
पहिलेको संरचनाको छानोको तौल बढी भएका कारण कम तौल भएको छानो डिजाइन गर्न लगोको सिलवालले सुनाए । यसका लािग नै सुटिङका लागि रिडिजाइनिङको काम भइरहेको उनले जानकारी दिए ।
स्विमिङतर्फ माटो परीक्षणको काम सकेर डिजाइनिङ सुरु गरेको सिलवालले जानकारी दिए । वैशाखसम्मका सबै काम सकेर निर्माण प्रक्रिया अगाडि बढाउने उनले बताए ।
९ औं राष्ट्रिय खेलकुदका लागि ७ करोड ९३ लाख रुपैयाँ विनियोजन गरेको सिलवालले जानकारी दिए । उनले गण्डकी प्रदेशमा रहेका ११ वटै जिल्लामा कम्तीमा १ वटा र केही जिल्लामा धेरै खेल सञ्चालन गर्ने योजना रहेको उनले बताए ।
१३ औं सागका समितिले बिल पास गर्न अलमलमा परेकाले पनि खर्च नपाएको हुनसक्ने उनले बताए । सबै समितिले बिल पेस गरेमा पैसा नरोकिने बताए ।
समितिले बेरुजु नरहने गरी खर्चको बिल पेस गरेमा हिसाब फछ्र्यौट गर्ने सदस्य सचिव सिलवालले बताए । निर्माणाधीन पोखरा रंगशालामा बाँकी सिट छिटो राख्न निर्देशन दिएको र क्रिकेट स्टेडियम निर्माणको काम सुरु गरिने उनले बताए ।
पोखरा रंगशालमा क्रिकेट खेलमैदान काम अघि बढेको बताउँदै पृथ्वीनारायण क्याम्पस, अमरसिंह मावि लगायत धेरै जग्गा भएका संस्थासँग सहकार्य गरी विभिन्न खेलमैदान निर्माण गर्ने योजना सिलवालले सुनाए ।
फागुन २२ गतेसम्म पोखरा रंगशालामा १३ हजार दर्शक अट्ने कुर्सी निर्माण गर्ने र पोखरा रंगशालाको निर्माणाधीन फुटबल मैदानमा नै १८ औं आहा रारा गोल्ड कप हुने उनले बताए ।
९ औं राष्ट्रिय खेलकुदभन्दा पनि १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता चुनौतीका रुपमा रहेको सिलवाले बताए । उनले कर्णाली प्रदेशमा खेलकुद संरचना नभएका कारण १० औं राष्ट्रिय चुनैती र अवसर रहेको बताए ।









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया