‘आदित्यध्वज जोशी स्मृति पुरस्कार २०७६ पत्रकार हरि बास्तोलालाई

समाधान संवाददाता
पोखरा
पोखरामा कार्यरत पत्रकार हरि बास्तोला ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार २०७६ बाट’ पुरस्कृत भएका छन् । राससको ५९ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बास्तोलालाई उक्त पुरस्कारबाट पुरस्कृत गरे ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन, राससबाट सञ्चालित सोही पुरस्कारबाट राससका सम्पादन सहयोगी विष्णुप्रसाद लामिछानेसमेत पुरस्कृत भए । पुरस्कारको राशि जनही ५ हजार ५ सय ५५ छ ।
पत्रकार बास्तोला २०४५ सालदेखि निरन्तर रुपमा रासस पोखरा कार्यालयमा कार्यरत छन् । यस अघि राससको वर्ष उत्कृष्ट आलेख पुरस्कारका साथै नेपाल पत्रकार महासंघ एवं प्रेस सम्बद्ध संघ संस्थाबाट उनी सम्मानित भइसकेका छन् ।
राससका तत्कालीन व्यवस्थापक स्व.आदित्यध्वज जोशीको काठमाडौं नयाँसडकस्थित घरबाट २०१८ साल फागुन ७ गतेदेखि राससको सेवा सुरु भएको थियो ।
संगठनले २०६६ सालदेखि उक्त पुरस्कार स्थापना गरेको हो । राससले आफ्नो वार्षिकोत्सवका अवसरमा केन्द्र तथा ७ वटै प्रदेशमा कार्यक्रम आयोजना गरी विभिन्न पुरस्कार प्रदान गरेको थियो ।









पोखरामा २२ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आयोजना हुनुको महत्व
हिमालय आँखा अस्पतालद्वारा अर्जुनचौपारीमा ६१ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया
पोखराकी व्यवसायी मीलन थापा रास्वपामा
शिवशक्ति माविमा साढे दुई दशक प्रधानाध्यापक रहेका बास्तोलाको बिदाइ
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया