सेभेन ए साइड वेगनास कपमा ६ खेल

समाधान संवाददाता
लेखनाथ
वेगनास ताल किनारमा जारी दोस्रो सेभेन ए साइड वेगनास कपको दोस्रो दिन ६ खेल भएका छन् । आइतबार भएको पहिलो खेलमा एनजिवाइसीले खेलको पहिलो मिनेटमै १ गोल हानेर पावरजिमलाई दबाबमा राख्यो । त्यसको केही मिनेटमै पावरजिमले अर्को गोल गर्दै खेल वराबरी बनायो । २ गोल बराबरीमा समय सकिएपछि खेल टाइबेकरमा पुगेको थियो । टाइबेकरमा ५ का विरुद्ध ६ गोल गर्दै एनजिवाइसी अर्को चरण प्रवेश गरेको हो ।
अर्को खेलमा हिमाल एन्ड रक्ष मेमोरियल एले नौलोतारा क्लबलाई ० का विरुद्ध ३ गोलले सहजै हरायो । हिमाल एन्ड रक्ष मेमोरियल सिले वेगनासताल मत्स्य ब्यवसायीसँग ३–२ को जित निकाल्यो ।
चौथो खेलमा मार्ली एफसीले वाक ओभर दिँदा बौद्ध शान्ति युवा क्लब सिधै अर्को चरण प्रवेश गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा शुक्लागण्डकी क्लबलाई बेगनास रेडले ३ शून्य गोल अन्तरले सजिलै पाखा लगाउँदा राइजिङ स्टारले शान्तिदीपमाथि ३ २ को कठिन जित हात पारेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको केही मिनेटमै शान्तिदीपले १ गोल गर्दै अग्रता लिएको थियो ।
तर उसको अग्रता केही मिनेटमा राइजिङले १ गोल गर्दै तोडेको थियो । त्यसपछि दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको हो । प्रतियोगितामा सोमबार ६ खेल हुने प्रतियोगिता संयोजक सुरेन्द्र पुनले बताए ।
प्रतियोगिताको विजेताले १ लाख ५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले ५५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छ। प्रतियोगितामा उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही ५ हजार पाउने छन् ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया