लागुऔषध नियन्त्रण पहल

समाधान संवाददाता, दमौली
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको मुख्य प्रवेशद्वार आँबुखैरेनीमा मुख्य समस्याको रुपमा रहेको लागुऔषध दुव्र्यसनी रोकथामका लागि प्रहरीले सचेतना कार्यक्रम अघि बढाएको छ । राजमार्ग हुँदै लागुऔषध ओसारपसार गर्नेको संख्या बढ्न थालेको र त्यसले समाजमा नकारात्मक असर पर्ने गरेको भन्दै इलाका प्रहरी कार्यालय आँबुखैरेनीले यस विरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।
समुदाय–प्रहरी साझेदारी अभियान अन्तर्गत लागुऔषध विरुद्ध प्रचारप्रसार तथा सचेतना कार्यक्रम सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिए । अभियान अन्तर्गत सोमबार आँबुखैरेनी गाउँपालिकाको सभाहलमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, विद्यालयका प्रधानाध्यापक, सर्वसाधारण लगायतको उपस्थितिमा लागुऔषध नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रहरी निरीक्षक सुवेदीले लागुऔषध दुव्र्यसनी, यसको असर, कारण तथा लागुऔषध बारे कानुनी व्यवस्था र गाउँपालिकामा लागुऔषधको वर्तमान अवस्थाको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले लागुऔषध नियन्त्रणका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको बताए । आँबुखैरेनी सामुदायिक सेवा केन्द्रका निवर्तमान अध्यक्ष वंशीराम प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ४ का अध्यक्ष नेत्र गुरुङ, आँबुखैरेनी क्याम्पसका प्रमुख ऋषि केसी, स्थानीय अगुवा सानुकाजी थापा, सन्तबहादुर केसी लगायतले लागुऔषध नियन्त्रणका लागि प्रहरीलाई स्थानीयको पनि सहयोग आवश्यक रहेको बताएका थिए ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया