पोखरा म्याराथनको समीक्षा

तस्बिरः सुदर्शन रञ्जित
समाधान संवाददाता
पोखरा
भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा गत फागुन ३ गते पोखरामा भएको १४ औं पोखरा म्याराथनको समीक्षा गरिएको छ । समीक्षा कार्यक्रममा मञ्चका अध्यक्ष तेज गुरुङले म्याराथनका क्रममा भएका गल्ती, कमजोरी सच्चाउँदै आगामी वर्ष हुने म्याराथनलाई अझै परिष्कृत, सभ्य र भव्य गर्न मञ्च सचेत र सजग बन्नुपर्ने धारणा राखे । उनले पोखरा म्याराथनलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संघ, संस्थाप्रति आभार व्यक्त गरे ।
समीक्षा कार्यक्रममा पोखरा म्याराथनमा गठित विभिन्न समिति संयोजकले आफ्ना धारणा राखे । पोखरा म्याराथन सफल बनाउन २० वटा समिति गठन गरिएको थियो ।
पोखरा म्याराथनका अन्तर्राष्ट्रिय पार्टनर संस्था पोखरेली मञ्च युकेका अध्यक्ष मानप्रसाद गुरुङले मञ्चको तर्फबाट पोखरा म्याराथनलाई सहयोग जारी रहने बताए । उनले भने, ‘म युके पुग्नेबित्तिकै त्यहाँ पनि हामीले समीक्षा बैठक गर्नेछौं ।’
पोखरेली मञ्च युकेका सल्लाहकार महेश गुरुङ, नरजंग गुरुङ, समाजसेवी तथा सहारा युकेका सदस्य योगेश गुरुङले यस पटकको म्याराथनले नयाँ उत्साहसँगै नयाँ सन्देश दिएको बताउँदै पोखराको खेलकुदमा नयाँ आयाम थपेको उल्लेख गरे ।
यसैबीच म्याराथन सफल बनाउन सहयोग गर्ने विभिन्न महानुभाव तथा समिति संयोजकलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया