क्लासिक टेक प्रालिले प्रभु टिभिसँग सहकार्य गर्दै, क्लासिक प्रभु टिभिको नामबाट सेवा दिने

समाधान संवाददाता, पोखरा
क्लासिक टिचले प्रदान गर्दै आएको सेवालाई थप आकर्षक सुविधा प्रदान गर्न सम्झौता भएको छ ।
प्रभु टिभिको इन्टरनेटसँगै टिभि सेवा १० वर्षदेखि प्रदान गर्दै आए पनि थप सेवा उपलव्ध गराउन कम्पनी बनेको उल्लेख छ । इन्टरनेट सेवा प्रदान गर्दै आएको क्लासिक टेक प्रालिले प्रभु टिभिसँग सहकार्य गर्दै उच्च गुणस्तरको इन्टरनेटसँगै टिभि सेवा, क्लासिक प्रभु टिभिको नामबाट बजारमा ल्याउने जनाएको छ ।
सहकार्यले लामो समयदेखि गुणस्तरीय इन्टरनेट तथा टिभि सेवा माग गरिरहेको ग्राहकलाई राहत पुग्ने कम्पनीको विश्वास छ । काठमाडौं उपत्यका लगायत ठूला सहरमा उपलब्ध गराउँदै आएको सुविधा अन्य सहरमासमेत विस्तार गर्ने कम्पनीले जनाएको छ । क्लासिक टिच र प्रभु टिभिको सहकार्यकमा आकर्षक स्किम ‘आयो है आयो’ बजारमा ल्याएको हो ।
कम्पनीले ३० एमबिपिएस गतिको ‘आयो है आयो’ प्लान ९ सयका दरमा प्रति महिना ग्राहकलाई उपलब्ध गराउने भएको छ । टिभिको सुविधा निशुल्क प्रदान गर्नेसमेत कम्पनीले जनाएको छ । नेपालमा यति कम मुल्यमा इन्टरनेट र टिभिको सुविधा उपलब्ध गराइएको पहिलो पटक भएको कम्पनीले दावी छ । कम्पनीले सीमित अवधिका लागिमात्र प्याकेज उपलब्ध गराएको विज्ञप्तिमार्फत् उल्लेख गरेको छ ।







२ महिनापछि गण्डकी प्रदेशसभा बैठक आज बस्दै
राजनीतिक पाठशालाको सन्देश
‘निजी क्षेत्र हतोत्साहित हुँदा अर्थतन्त्रमा नकारात्मक प्रभाव’
जलनको पीडा रोकथामप्रतिको उदासिनता
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया