बेलौतेडाँडाका किसानलाई बंगुरको पाठापाठी वितरण

राजन उपाध्याय
दुलेगौंडा
तनहुँको म्याग्दे गाँउपालिका ६ बेलौतेडाँडाका १६ किसानलाई बंगुरको पाठापाठी प्रदान गरिएको छ । मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रम अन्तर्गत आर्थिक अवस्था कमजोर भएका किसानलाई बंगुरको पाठापाठी वितरण गरिएको हो ।
प्रत्येक किसानलाई २÷२ वटा पाठापाठी प्रदान गरिएको नमुना कृषि गाउँ कार्यक्रम सञ्चालन समिति अध्यक्ष प्रकाश भण्डारीले जानकारी दिए । तनहुँ २ (क) अन्तर्गत यो गाउँलाई छनोट गरी कार्यक्रम सञ्चालन गरिएको प्रदेश सभा सदस्य आशा कोइरालाले बताइन् । पहिलो वर्ष शुक्लागण्डकी नगरपालिका ९ र १२ का १÷१ गाउँमा सञ्चालन गरिएको थियो ।
म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी राना, उपाध्यक्ष बालकृष्ण घिमिरे, वडा अध्यक्ष विसन थापाको उपस्थितिमा पाठापाठी प्रदान गरिएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य कोइरालाले कार्यक्रमले प्रत्येक घरपरिवारको आम्दानी बढाउन सहयोग पुग्ने उल्लेख गरिन् । उनले आफूले सञ्चालन गरेको यसअघिका सबै कार्यक्रम सफल भएको बताउँदै किसानलाई लगनशील भएर लाग्न आग्रह गरिन् । ‘उत्पादन गर्नुहोस, बजारको व्यवस्था मिलाएका छौं, उनले थपिन्, ‘स्थानीय अकला कृषि सहकारी संस्थामार्फत् बजारीकरण गरिने छ ।’
म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी रानाले किसानले लिएको अनुदान विभिन्न वाहानमा उपयोगविहिन भएकोतर्फ सचेत गराउँदै अनुगमनमा आउँदा व्यवसायिकतातर्फ उन्मुख हुनुपर्नेमा जोड दिइन् । ‘हामीले धेरै ठाउँमा अनुदानस्वरुप सहयोग गरेको छौं,’ उनले भनिन, ‘चितुवाले खायो, रोग लाग्यो भन्ने जस्ता उत्तर आउने गरेका छन् । उद्देश्यअनुसार काम गर्नुहोला ।’
गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले कार्यक्रमलाई नमुना बनाउने हो भने अरु अनुदानका कार्यक्रम आउने जानकारी दिए । भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा. बालकुमार श्रेष्ठले पशु पालनमा किनेर ल्याउने दानाका कारण किसानले सोचेजस्तो फाइदा लिन नसकेको बताए । वडाध्यक्ष बसन थापाले आफ्नो वडामा कार्यक्रम सञ्चालन गरेकामा धन्यवाद दिँदै निरन्तर अनुगमन गर्ने उल्लेख गरे ।
म्याग्दे गाउँपालिका ६ का तुरतुरे, बेलौतेडाँडा, राहुलडाँडा र मुलबाराही सेराफाँटका ५७ घरधुरी किसान मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रममा रहेका छन् ।
प्रत्येक घरधुरीमा २÷२ वटाका दरले १ सय १४ वटा बंगुरको पाठापाठी प्रदान गरिएको छ । आइतबार अन्तिम चरणमा बेलौतेडाँडाका १६ घरधुरीलाई वितरण गरिएको थियो । अन्य गाउँमा भने यसअघि नै बाँडिएको थियो । २१ घरधुरीलाई टनेल, १२ घरमा भकारो सुधार कार्यक्रमका लागि आवश्यक सामग्री, ३० घरधुरीमा उन्नत जातका विउविजन र ४ गाउँलाई सामूहिक प्रयोग गर्ने उद्देश्यले १÷ १ वटा हाते ट्याक्टर निशुल्क दिइएको प्राविधिक रामचन्द्र पौडेलले जानकारी दिए ।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सञ्चालन गरेको कार्यक्रम पहिलो वर्षमा गण्डकीका ११ जिल्लाका सबै प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रलाई प्रतिनिधित्व गर्ने गरी ३६ गाउँमा सञ्चालन गरिएको थियो । दोस्रो चरणमा नयाँ ३६ गाउँ छनोट भएको प्रदेश सभा सदस्य कोइरालाले जानकारी दिइन् ।









कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
कांग्रेसको आन्तरिक किचलो उत्कर्षमा : महामन्त्रीद्वयले बोलाए पुस २७ मा विशेष महाधिवेशन
जलाउने र ठग्नेको मिलाई
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया