मुक्तिनाथ क्षेत्रमा कोरोना हेल्थ डेस्ककाे स्थापना

एसके थकाली
जोमसोम
कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरण गर्न हिमाली जिल्ला मुस्ताङको मुक्तिनाथ क्षेत्रमा शुक्रबार कोरोना हेल्थ डेस्क स्थापना भएको छ । दैनिक हवाई तथा धावन मार्गबाट मुस्ताङ आउने आन्तरिक तथा बाह्य पर्यटकले कोरोना हेल्थ डेस्कमा स्वास्थ्य चेकजाँच गराएरमात्रै मुक्तिनाथ दर्शन गर्न पाउने व्यवस्था भएको छ ।
मनाङ हुँदै मुक्तिनाथ निस्कने राउन्ड अन्नपूर्ण पदयात्रीको समेत हेल्थ डेस्कमा स्वास्थ्य चेकजाँच गर्ने व्यवस्था गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङको अग्रसरतामा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, एक्याप, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको पहलमा कोरोना हेल्थ डेस्क स्थापना गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्यालले जानकारी दिए ।
बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म यहाँ स्वास्थ्य चेकजाँच गर्ने व्यवस्था मिलाइएको बताए । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष फेञ्चोक छेप्तेन धार्मिक तथा पर्यटकीय केन्द्र भएकाले मुस्ताङ भित्रिने पर्यटकको स्वास्थ्य निगरानी गर्न हेल्थ डेस्क स्थापना गरिएको बताए ।
यसअघि कोरोना हेल्थ डेस्क स्थापनाका लागि गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकालीले स्थानीय प्रशासन र स्वास्थ्य कार्यालयलाई सुझाएका थिए । खुला सिमानाका कारण भारतीय पर्यटकबाट हुन सक्ने कोरोना संक्रमण रोक्न जिल्लाको थासाङ ४ घासा, उपल्लो मुस्ताङको लोमान्थाङ, जोमसोम विमानस्थल र मुक्तिक्षेत्रमा हेल्थ डेस्क राख्ने निर्णय भएको जिल्ला स्वास्थ्य प्रमुख टीकाराम भण्डारीले जानकारी दिए । उनले जोमसोम अस्पतालमा पनि कोरोना आइसोलेसन वार्ड राख्ने योजना सुनाए ।









कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
कांग्रेसको आन्तरिक किचलो उत्कर्षमा : महामन्त्रीद्वयले बोलाए पुस २७ मा विशेष महाधिवेशन
जलाउने र ठग्नेको मिलाई
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया