आफैले भिरेकाे पेस्ताेल पड्किँदा स्याङ्जामा प्रहरी जवानकाे ज्यान गयाे

समाधान संवाददाता २०७६ चैत १४ गते १८:५१
सांकेतिक तस्बिर ।

समाधान संवाददाता, पाेखरा

स्याङ्जाकाे हरिनाश गाउपालिका -२ इलाका प्रहरी कार्यलय चिसापानी मा कार्यरत प्रहरी हवल्दार रबिन्द्र पौडेलकाे शुक्रबार दिउँसाे आफैले बाेकेकाे पेस्ताेल पड्केर मृत्यु भएकाे छ ।

घटना दिउँसाे साढे ३ बजेकाे हाे । घटनालगत्तै उनलाई उपचारका लागि पाेखरा ल्याइएकाे थियाे । पाेखराकाे मनिपाल मेडिकल कलेजका चिकित्सकले उनलाई मृत घाेषणा गरेका हुन् । घटनाका बारेमा प्रहरीले अनुसन्धान थालेकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया