पर्वतमा माछा मार्न गएका युवालाई खोलाले बगायो

समाधान संवाददाता २०७६ चैत १७ गते १७:५५

पोखरा

Advertisement

पर्वतमा सोमबार राति माछा मार्नै क्रममा १ युवालाई खोलाले बगाएको छ । सोमबार राति साढे १० बजेतिर मोदीखेलाको सिमखेतमा माछा मार्न गएका पर्वत मोदी गाउँपालिका-६ गिज्याङ बस्ने वर्ष ३६ को  दिपक खड्कालाई खोलाले बगाएको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रवक्ता डिएसपी राजेन्द्र रेग्मीले जानकारी दिए ।

खड्कालाई  खोलाले बगाई लगेको र अन्दाजी ५० मिटर तल  पानीको भेलमा निजले लगाएको कपडा समेत देखिएको उनीसँगै माछा मार्न गएका गणेश केसीले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्वतमा खबर गरेका थिए । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया