काेराेना संक्रमित बढेकाे बढ्यै, राैतहट र कैलालीमा थपिए संक्रमित

पाेखरा
कैलालीकाे लम्की चुहाकी ६५ वर्षे महिला र राैतहटका १९ वर्षे युवामा काेराेना संक्रमण भेटिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । याेसँगै नेपालमा १४ जनामा काेराेना भेटिएकाे छ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले क्वारेन्टाइनमा रहेका दुवैजनाको नतिजा पोजेटिभ देखिएको बताए ।
उनीहरुसँग सम्पर्कमा आएकाहरुको कन्ट्रयाक्ट ट्रेसिङको काम थालिसकिएको जानकारी उनले गराए ।
कोरोना संक्रमणकाे आशंकामा सोमबारसम्म मुलुकभर १० हजार ८ सय नमुना परीक्षण गरिएको छ । हाल ५२ जिल्लामा र्यापिड टेस्टको काम सुरु भइसकेको र यो विधिबाट हालसम्म ५ हजार २ सय ९१ जनाको परीक्षण भएको छ ।
पिसिआर प्रविधिबाट ४ हजार ४ सय ३२ जनाको परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
हाल राजधानी र बाहिर गरी १३ ठाउँबाट धमाधम नमुना परीक्षण गरिएको र दायरा पनि बढाइएको देवकोटाले जानकारी गराए ।
र्यापिड टेस्टका लागि सबै प्रदेशमा ५ हजारका दरले किट पठाइएकाे र क्वारेन्टाइनमा राखिएका सबैकाे परीक्षण गर्ने लक्ष्य राखिएकाे डा देवकाेटाले जानकारी दिए ।
र्यापिड
टेस्टमा पोजेटिभ देखिएका सबै नमुना राष्ट्रिय प्रयाेगशालामा पुन परीक्षण गरिने
मन्त्रालयले जनाएकाे छ ।
सोमबारसम्म मुलुकभर ७ हजार १ सय ६६ जना क्वारेन्टाइनमा राखिएकाे छ भने १ सय ३ जनालाई आइसाेलेसनमा राखिएकाे छ ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया