महानगरले विद्यालयलाई भन्यो – ‘नतिजा प्रकाशन गर्नू, भर्ना नलिनू’

अनुप पौडेल, पोखरा
पोखरा महानगरपालिकाले सबै विद्यालयलाई वार्षिक परीक्षाको नतिजाफल बैशाख महिनाभित्र प्रकाशन गर्न निर्देशन दिएको छ ।
महानगरले बैशाख महिनाभित्र नतिजा प्रकाशन गर्न भनेपछि पोखराका विद्यालयले नतिजा प्रकाशनका लागि आन्तरिक काम गरिरहेका छन् । केही विद्यालयले भने नतिजा प्रकाशन गरिसकेका छन् ।
नयाँ शैक्षिक सत्र सुरु भइसक्दासमेत अघिल्लो वर्षको वार्षिक परीक्षाको नतिजा प्रकाशन नहुँदा विद्यार्थी र अभिभावकमा अन्योलता सिर्जना भएकाले तत्काल नतिजा प्रकाशन गर्न भनिएको शिक्षा महाशाखा प्रमुख गंगाबहादुर गुरुङले बताए ।
‘विद्यार्थी र अभिभावकमा अन्योलता सिर्जना भएपछि हामीले नतिजा प्रकाशन गर्न भन्यौं । त्यसपछि अहिले विद्यालयहरुले फोन र अनलाइनको माध्यमबाट नतिजा प्रकाशन गरिरहेका छन्,’ उनले समाधानसँग भने ।
कक्षा ८ को नगरस्तरीय परीक्षाको भने २९ गतेभित्र नतिजा सार्वजनिक गरिने महाशाखा प्रमुख गुरुङले बताए । ‘कक्षा ८ को परीक्षाको नतिजाफल के गर्ने भनेर निर्णय भएको छैन । बैठक बसेर २९ गतेसम्म नतिजाफल सार्वजनिक गर्छौं,’ उनले भने ।
नतिजा प्रकाशन भएपश्चात नयाँ पाठ्यापुस्तक पाउने अवस्था नभएकाले पुराना पाठ्यपुस्तकबाट स्वअध्ययन गर्न महानगरले विद्यार्थीहरुलाई आग्रह गरेको छ । ‘…नयाँ पाठ्यपुस्तक तत्काल पाउने अवस्था नभएकाले विद्यालयले माथिल्लो कक्षा उत्तीर्ण हुने विद्यार्थीको पुरानो पाठ्यपुस्तक प्रयोग गरी स्वअध्ययन गर्नसक्ने व्यवस्था मिलाउन हुन अनुरोध छ,’ महानगरको सूचनामा भनिएको छ ।
भर्ना प्रक्रिया भने संघ सरकारको निर्देशनपछि मात्र थालिने उनले बताए । ‘संघ सरकारले तत्काल भर्ना प्रक्रिया नथाल्नु भनेको छ । त्यही भएर संघको अर्को निर्देशन नआएसम्म भर्ना प्रक्रिया नथाल्नु भनेका छौं,’ उनले भने ।
संघ सरकारले बैशाख २५ गते लकडाउन खुलेको अवस्थामा भर्ना प्रक्रिया थाल्ने बताएको थियो । तर लकडाउन लम्बिएसँगै भर्ना प्रक्रिया कहिले सुरु हुन्छ भन्ने अनिश्चित बनेको छ ।
यसअघि महानगरले अनलाइन कक्षाले विकृति बढाएको भन्दै अनुमति बिना त्यस्ता कक्षा सञ्चालन नगर्न भनेको थियो । अनलाइन कक्षा बन्द गराउन माग गर्दै अभिभावकले महानगरमा उजुरी हालेका थिए ।
पोखरामा २ सय ७ वटा सामुदायिक र १ सय ७९ निजी विद्यालय छन् । ती विद्यालयमा १ लाखभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको महाशाखा प्रमुख गुरुङले जानकारी दिए ।










कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
कांग्रेसको आन्तरिक किचलो उत्कर्षमा : महामन्त्रीद्वयले बोलाए पुस २७ मा विशेष महाधिवेशन
जलाउने र ठग्नेको मिलाई
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया