चीनको सीमा कोरलामा सशस्त्रको बिओपी

समाधान संवाददाता २०७७ जेठ १५ गते २०:३०

एसके थकाली
जोमसोम, १५ जेठ

चीनको सीमावर्ती क्षेत्र मुस्ताङको कोरलानाका नजिक बिहीबार लामो प्रतीक्षापछि सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट ( बिओपी ) स्थापना भएको छ । मुस्ताङको उत्तरी लोमान्थाङ गाउँपालिका–४ नेचुङमा अवस्थित भन्सार कार्यालयको क्वारेन्टाइन भवनमा सशस्त्र प्रहरीको बिओपी खडा गरिएको हो ।

सरकारले मुस्ताङको कोरलापास नजिक सशस्त्र प्रहरीले बिओपी स्थापना गर्न पहल गरेको थियो । कोरोना कहरका कारण जारी लक डाउनकै अवस्थामा सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक एआइजी नारायणबाबु थापा, सशस्त्र क्षेत्रीय प्रहरी प्रमुख डिआइजी कविन्द्रमान श्रेष्ठ, गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक आनन्द थापा, गण्डकी प्रदेशका सांसद इन्द्रधारा बिष्ट, जिसस प्रमुख छिरिङ ल्हामो गुरुङ ,प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्याल, लोमान्थाङ तथा लोघेरक दामोदरकुण्ड गाउँपालिकाका स्थानीय जनप्रतिनिधि लोमान्थाङ–४ नेचुङ पुगे ।


सशस्त्र अतिरिक्त महानिरीक्षक थापा तथा गण्डकी प्रदेशका सांसद इन्द्रधारा बिष्टले उत्तरी कोरला नाकाको सशस्त्र प्रहरी बोर्डर आउट पोस्टको संयुक्त रुपमा उद्घाटन गरे । उद्घाटनका क्रममा सशस्त्र अतिरिक्त महानिरीक थापाले लामो प्रयासका बाबजुद उत्तरी कोरलामा बोर्डर बिओपी स्थापना भएको बताए । सरकारले सीमा सुरक्षाका लागि केन्द्रित गरी बिओपी स्थापना भएको उनले उल्लेख गरे ।

गण्डकी प्रदेशका सांसद इन्द्रधारा बिष्टले हाल देखिएको सीमा विवादले दक्षिणको नाकामा कुनै पनि बेला अप्ठेरो आउन सक्ने भएकाले कोरला नाकाले उपयुक्त निकास निस्कन सक्ने बताए । सरकारले सुरक्षाकर्मी परिचालन गर्दै बिओपी स्थापनामा जोड दिएकाले कोरलानाका सञ्चालन गर्नै सांकेतिक उदाहरण प्रस्तुत गरेको उनले उल्लेख गरे ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्यालले बिओपी स्थापनासँग सीमा क्षेत्रमा हुने सम्भावित चोरी तस्करी नियन्त्रण हुने बताउँदै बिओपीमा खटिने सुरक्षाकर्मीले विपत व्यवस्थापनमा समेत योगदान दिने जनाए ।

उत्तरी कोरला नाकामा ३ वर्षअघि सशस्त्र प्रहरीको बिओपी पूर्वाधार निर्माण गर्न ३३ रोपनी जग्गा प्राप्त भइसकेको छ । बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २० जना सशस्त्र टोली खटिने गुल्मपति डिएपी आनन्द थापाले जानकारी दिए ।

उद्घाटनसँग सशस्त्र अतिरिक्त महानिरीक्षक थापा र सशस्त्र क्षेत्रीय प्रहरी प्रमुख डिआइजी श्रेष्ठले बिओपी भवनको निरीक्षण गरे । उनीहरुलाई सीमा सुरक्षाका लागि स्थानीय तथा जनप्रतिनिधिसँग समन्वय गर्न निर्दैशन दिइएको छ ।

सशस्त्रको टोलीले उत्तरी कोरला बिहीबार नै उत्तरी कोरला नाकाको निरीक्षण गरेको छ । टोलीले लोघेकर दामोदरकुण्ड गाउँपालिकासँग बिओपी व्यवस्थापन गर्ने र सीमा सुरक्षालाई मजबुद पार्ने सम्बन्धमा छलफल गरेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए ।
…….


उत्तरी कोरला नाकामा ३ वर्षअघि सशस्त्र प्रहरीको बिओपी पूर्वाधार निर्माण गर्न ३३ रोपनी जग्गा प्राप्त भइसकेको छ । बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २० जना सशस्त्र टोली खटिने गुल्मपति डिएपी आनन्द थापाले जानकारी दिए ।

उद्घाटनसँग सशस्त्र अतिरिक्त महानिरीक्षक थापा र सशस्त्रका प्रदेश प्रहरी प्रमुख डिआइजी श्रेष्ठले बिओपी भवनको निरीक्षण गरे । उनीहरुलाई सीमा सुरक्षाका लागि स्थानीय तथा जनप्रतिनिधिसँग समन्वय गर्न निर्देशन दिइएको छ ।


सशस्त्रको टोलीले उत्तरी कोरला बिहीबार नै उत्तरी कोरला नाकाको निरीक्षण गरेको छ । टोलीले लोघेकर दामोदरकुण्ड गाउँपालिकासँग बिओपी व्यवस्थापन गर्ने र सीमा सुरक्षालाई मजबुद पार्ने सम्बन्धमा छलफल गरेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए ।


Advertisement


…….

Advertisement

तपाईको प्रतिक्रिया