सांसद बराल तेस्रोपटक डिस्चार्ज

समाधान संवाददाता
पोखरा २७, जेठ
इन्टर्नल हर्नियाको शल्यक्रिया गरेका गण्डकी प्रदेश सांसद रामजी बराल जीवन तेस्रोपटक अस्पतालबाट डिस्चार्ज भएका छन् ।
सांसद बरालको शल्यक्रियापछि पनि पाचनमा थप समस्या भएसँगै पुन २ पटकसम्म प्रतिष्ठानमा भर्ना हुनु परेको उनका छोरा सुजन बरालले बताए । सांसद बरालको जेठ ८ गते शल्यक्रिया भएको थियो । पहिलो पटक जेठ १३ गते डिस्चार्ज भएका उनलाई समस्या आएपछि दोस्रोपटक भर्ना गरिएको थियो । दोस्रोपटक डिस्चार्ज भएका उनी तेस्रोपटक ५ दिन अघि पुन भर्ना भएका थिए ।
मंगलबार डिस्चार्ज हुने बेलामा उनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) को पोस्ट अपरेटिभ वार्डका लागि एक थान गन थर्ममिटर सहयोग हस्तान्तरण गरेकाछन् ।
अस्पतालको पोस्ट अपरेटिभ वार्डका (स्टाफ नर्स) इन्चार्ज पार्वती ढुंगानालाई सांसद बरालले उक्त गन थर्ममिटर सहयोग हस्तान्तरण गरेका हुन् ।
कोरोना संक्रमणको जोखिम बढ्दै गएसँगै गन थर्ममिटरबिना डिजिटल थर्ममिटर प्रयोग गर्दा बिरामी र उपचारमा संलग्न चिकिस्तकको जोखिम बढ्ने सम्भावना देखेर त्यसको न्यूनीकरण गर्ने उद्देश्यले सानो सहयोग गरिएको सांसद बरालले जनाए ।
उपचारमा खटिने डा. नरेन्द्र विक्रम गुरुङ, सुरेश पौडेल, सुरेश थापा, विकास थापा, सहितका चिकित्सक सहितको स्वास्थ्यकर्मीलाई सांसद बरालले धन्यवाद दिएका छन् ।
सांसद बरालले प्रतिष्ठानमा कोरोनाको डेडिकेट आइसोलेसन अस्पताल र आम जनताको उपचार गर्ने गरी दोहोरो भूमिका निभाउने गरी अस्पताल सञ्चालन गर्न नहुने जनाए । कोरोनाको त्रास बढेकोले एउटा मात्र सेवामा केन्द्रित गर्न सांसद बरालको भनाइ थियो ।
अस्पतालको सेवा राम्रो भएको प्रशंसा गर्दै सांसद बरालले अस्पतालमा सरसफाई, कर्मचारी व्यवस्थापन सहितका धेरै कुरा सुधार गर्नुपर्ने अस्पताल प्रशासनलाई सुझाव दिएकाछन् ।







२ महिनापछि गण्डकी प्रदेशसभा बैठक आज बस्दै
राजनीतिक पाठशालाको सन्देश
‘निजी क्षेत्र हतोत्साहित हुँदा अर्थतन्त्रमा नकारात्मक प्रभाव’
जलनको पीडा रोकथामप्रतिको उदासिनता
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया