धौलागिरीमा उपचाररत ४ जना कोरोना संक्रमित घर फर्किए

समाधान संवाददाता, पोखरा
धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । १४ जेठमा भर्ना भएका तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिकाका २/२ जना बुधबार डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।
डिस्चार्ज हुनेमा तमानखोलाका २१ र २७ वर्षे पुरुष र बडिगाडका १९ र २० वर्षे पुरुष छन् । बागलुङमा हालसम्म ४० जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये ३७ पुरुष र ३ महिला छन् ।
योसँगै बागलुङमा कोरोना जितेर घर फर्किनेको संख्या ६ पुगेको छ । यसअघि १९ वर्षकी युवती र ६५ वर्षे वृद्ध कोरोनामुक्त भएका थिए । आज बिहान मात्र स्याङ्जाका ३ संक्रमितलाई जिल्ला अस्पतालले बिदाइ गरेको थियो ।
बागलुङका ४ संक्रमित घर फर्किएसँगै गण्डकी प्रदेशभर निको हुनेको संख्या १० पुगेको छ । गण्डकीमा कोरोना संक्रमितको संख्या १ सय ४७ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया