बेलायतमा चिनिया हुवावेलाई अनुमति, प्रचार तिव्र

लन्डन, २९ जेठ (रासस–एपी)
बेलायत सरकारले चिनियाँ प्रविधि कम्पनी हुवावेका उपकरण प्रयोग गर्ने बारेमा सकारात्मक संकेत देखाएलगत्तै हुवावेले कम्पनीका सामग्रीको विज्ञापनलाई तिब्र बनाएको छ ।
अमेरिकी ट्रम्प प्रशासनले हुवावेमाथि चौतर्फी घेराबन्दी गरेका कारण पश्चिमी मुलुकमा हुवावेका सामग्री बिक्रीमा कठिनाई उत्पन्न भइरहेको समयमा बेलायतको पछिल्लो संकेतले हुवावे उत्साहित भएको छ ।
हुवावे चीनको विशाल प्रविधि कम्पनी हो । यसले तिब्र गतिको फाइब–जी दूरसंचार नेटवर्क विकास गर्नुका साथै सस्तो मूल्यमा मोबाइल सेट समेतका विद्युतीय सामग्री उत्पादन र बिक्री गर्दै आएको छ ।
हुवावेको फाइब–जी प्रविधि मार्फत चीनले देशका महत्वपूर्ण सूचनामा पहुँच कायम गर्ने र त्यसको चोरी गर्ने सम्भावना रहेको अमेरिकी आरोप छ । तर हुवावेले अमेरिकी आरोपको निरन्तर खण्डन गरिरहेको छ ।
हुवावेका कारण चीन र अमेरिकाबीच विवाद समेत भइरहेको छ । यसैबीच क्यानाडाका दुई ठूला दूरसंचार प्रदायक कम्पनीले हुवावेका दूरसंचार उपकरण खरिद नगर्ने घोषणा गरेका छन् ।








एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
भिजिट भिसा प्रकरणमा मुछिएपछि म्याग्दीका सिडिओ तिवारी मन्त्रालय तानिए
सम्पादकीय—सुशासनको परीक्षा
स्याङ्जाको एउटै समूहले बेच्यो ८७ लाखको सुन्तला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया