क्वारेन्टाइनबाट भागेका युवामा कोरोना पुष्टि

समाधान संवाददाता २०७७ असार ४ गते ११:१८

संक्रमित युवा अझै सम्पर्कमा छैनन

समाधान संवाददाता
स्याङ्जा

स्याङ्जाको आँधिखोला गाउँपालिकाको क्वारेन्टाइनबाट भागेका २ मध्ये १ युवामा कोरोना संक्रमण पुष्टि भएको छ । २० गते परिवारसँगै भारतबाट आएका ती १९ वर्षे युवाको जेठ २५ गते स्वाब लिइएको थियो ।

Advertisement

क्वारेन्टाइनमा बसेका ती युवा जेठ ३२ गते भागेको र बिहीबरा बिहानमात्र काेराेना पुष्टि भएकाे प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले बताए ।

क्वारेन्टाइनबाट भागेका युवामा कोरोना भेटिएपछि उनीबाट थप अरुमा सर्नसक्ने भयले स्याङ्जामा त्रास फैलिएका छ ।

Advertisement

संक्रमितसँगै भागेका अर्का युवाको पनि खोजी कार्य तीब्र पारिएको प्रजिअ क्षेत्रीले बताए ।

बिहीबारमात्र स्याङ्जामा ९ जनामा कोरोना पुष्टि भएको छ । आँधिखोला गाँउपालिकामा २ महिलासहित ४ जना र कालिगण्डकी गाँउपालिकाका ५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

आँधिखोला गाँउपालिकाका वडा नम्बर २ की ७२ वर्षीय महिला र वडा नम्बर ५ का ३४ महिला सहित १३ र १९ वर्षका पुरुषमा संक्रमण देखिएको हो । वडा नं ५ का संक्रमण देखिएका सबै एकै परिवारका हुन् ।

७२ वर्षीय महिला भारतबाट जेठ १६ गते र अन्य ३ जना जेठ २० गते भारतबाट आएका हुन् ।

त्यस्तै कालिगण्डकीका २१, ३३, २६, ३० र १८ वर्षका ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । जेठ १५ गते भारतबाट ५ जना आएर क्वारेन्टाइनमा बसेकोमा पाँचै जनामा कोरोना संक्रमण फेला परेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक बिनोदबिन्दु शर्माले जानकारी दिए ।

थप ९ जनामा संक्रमण भेटिएसगै जिल्लामा संक्रमितको संख्या ७३ पुगेको छ । ७ जना निको भए भने १ जनाको निधन भएको छ ।

तपाईको प्रतिक्रिया