लक्षित बजेट अमुर्त भयो

समाधान संवाददाता २०७७ असार ५ गते ७:३६

मधुमाया अधिकारी गुरुङ

समाजवाद उन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माणमा यो बजेटले प्रस्ट बोलेको छ । सरकार नागरिकप्रति उत्तरदायी छ भन्ने यो बजेटले पुष्टि गरेको छ । स्वास्थ्य, शिक्षा मात्र नभएर कृषि र औद्योगिक विकासमा पनि बजेट परेको छ । राम्रो हुँदाहुँदै पनि मेरा केही सुझाव छन् ।

महिलाको क्षेत्रमा आर्थिक राजनीतिक सशक्तीकरणका लागि बजेटमा व्यवस्था गरिए पनि अर्मुत भयो । यसबारेमा बजेट प्रस्ट बोल्न सक्नुपर्छ । बेरोजगार युवाका लागि छुट्याइएको बजेट घाँस काटेर बाटो सफा गरेर मात्र खर्च गर्ने होइन भनेर आश्वस्त बनाउनुपर्छ । बजेट छुट्याउने तर कार्यविधि नबनाउने भएको छ । खर्च कम भएको प्रति सरकारले ध्यान दिनुप¥यो । असम्भव मुर्खको डायरीमा मात्र हुन्छ सरकारले पक्कै गर्छ । सिमान्तीकृत जाति, सहिद अपांग र घाइते परिवारको सम्बन्धमा पनि अमुर्त बजेट आएको छ ।
संसदमा प्रस्तुत आगामी वर्षको बजेटमाथिको छलफलका क्रममा सांसद गुरुङले बिहीबार व्यक्त गरेको विचार

Advertisement

तपाईको प्रतिक्रिया