टेबलटेनिस मुख्य प्रशिक्षकमा ढुङ्गेल

रासस, काठमाण्डु ।
राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले टेबलटेनिसका प्रशिक्षक सञ्जिवकुमार ढुङ्गेललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ ।
निवर्तमान मुख्य प्रशिक्षक विनोद शाक्यले ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि ढुङ्गेललाई उक्त जिम्मेवारी दिएको राखेप प्रचारप्रसार शाखाका अधिकृत लोकेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।
विसं २०५२ मा सहायक प्रशिक्षकबाट राष्ट्रिय खेलकूद परिषद्को सेवामा प्रवेश गर्नुभएका ४९ वर्षीय ढुङ्गेल २०६४ सालमा प्रशिक्षकमा बढुवा हुनुभएको थियो ।
गत वर्ष मङ्सिरमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा उहाँले नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।
नेपालले १३औँ सागमा टेबलटेनिसमा एक रजत र चार कांस्यपदक जितेको थियो । ढुङ्गेलले टेबलटेनिस खेलको विकास र विस्तारमा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया