सरिता गिरी अब पूर्व सांसद
समाधान संवाददाता
२०७७ असार २५ गते १५:४३
समाधान संवाददाता
पार्टी निर्णय विरुद्ध भारतको पक्ष लिदैं आएकी समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीको सांसद पद गुमेको छ। अब उनी पूर्वसांसद भएकी छन् ।
संघीय संसद सचिवालयले गिरीलाई पार्टी ह्विप उल्लंघन गरेको आरोपमा कारवाही गर्दै सांसद पदबाट हटाउने निर्णय गरेको थियो।
पार्टीले संसद सचिवालयलाई कारवाहीको जानकारी गराएको थियो। संसद सचिवावलयका महासचिव भरतराज गौतमले गिरीलाई पदबाट हटाइएको र उक्त पद रिक्त भएको सूचना प्रकिशत गरेका छन् ।
नेपालले भारतले मिचेको जमिन समेटेर नयाँ नक्सा जारी गरेपछि गिरीले त्यसको विरोध गरेकी थिइन्। उनले सरकारले लिम्पियाधुरा समेटिएको नयाँ नक्सालाई संविधानको निशान छापमा समेट्न ल्याइएको संविधान संशोधनको पक्षमा मत हाल्न पार्टीले लगाएको ह्विप समेत उल्लंघन गर्दै संसद बहिस्कार गरेकी थिइन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया