एसएसपीको बलात्कार काण्ड–युवती चितवनकी, खाना खाने निम्तो, दिउसै बलात्कार

समाधान संवाददाता, पोखरा ।
पोखरा महानगर पालिका वडा नम्बर १४ स्थित सशस्त्र प्रहरी बल तालिम केन्द्र लामापाटनका प्रमुख एसएसपी राजेन्द्र अधिकारी माथि बलात्कारको आरोप लगाउने महिला चितवनकी २७ बर्षीया युवती रहेको थाहा भएकोे छ ।
ती युवतीले बुधधार दिउसो ३ बजे तिर जिल्ला प्रहरी कार्यालय कास्कीको कन्ट्रोल रुममा रुदै फोन गरेपछि प्रहरीले बलात्कारको घटना थाहा पाएको हो ।
चितवनकी ती युवतीलाई सशस्त्र प्रहरी बलका एसएसपी अधिकारीले खाना खाने निम्तो दिएर लामापाटन स्थित आफ्नो क्वाटरमा बोलाएका थिए । ती युवतीले खानपिन गर्ने क्रममा आफुलाई लठ्याउने औषधी खुलाएर जबरजस्ती करणी गरेको प्रहरीमा प्रारम्भिक बयान दिएकी छन् ।
एसएसपी अधिकारी पक्राउ परेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी घनश्याम अर्यालले पुष्टि गरे ।
प्रहरीले पीडित महिलालाई स्वास्थ्य जाँचका अस्पताल लगेको छ ।
एसएसपी अधिकारीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवनकुमार श्रेष्ठ आफै गएका थिए । उनलाई नियन्त्रणमा लिइसकिएको श्रेष्ठले बताए । घटनास्थलमा सशस्त्र प्रहरीका डिआइजी समेत पुगेका छन् ।









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया