एसएसपीको बलात्कार काण्ड–युवती चितवनकी, खाना खाने निम्तो, दिउसै बलात्कार

समाधान संवाददाता २०७७ असार ३१ गते १७:२१

समाधान संवाददाता, पोखरा ।

पोखरा महानगर पालिका वडा नम्बर १४ स्थित सशस्त्र प्रहरी बल तालिम केन्द्र लामापाटनका प्रमुख एसएसपी राजेन्द्र अधिकारी माथि बलात्कारको आरोप लगाउने महिला चितवनकी २७ बर्षीया युवती रहेको थाहा भएकोे छ ।

ती युवतीले बुधधार दिउसो ३ बजे तिर जिल्ला प्रहरी कार्यालय कास्कीको कन्ट्रोल रुममा रुदै फोन गरेपछि प्रहरीले बलात्कारको घटना थाहा पाएको हो ।

Advertisement

चितवनकी ती युवतीलाई सशस्त्र प्रहरी बलका एसएसपी अधिकारीले खाना खाने निम्तो दिएर लामापाटन स्थित आफ्नो क्वाटरमा बोलाएका थिए । ती युवतीले खानपिन गर्ने क्रममा आफुलाई लठ्याउने औषधी खुलाएर जबरजस्ती करणी गरेको प्रहरीमा प्रारम्भिक बयान दिएकी छन् ।

एसएसपी अधिकारी पक्राउ परेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी घनश्याम अर्यालले पुष्टि गरे ।

Advertisement

प्रहरीले पीडित महिलालाई स्वास्थ्य जाँचका अस्पताल लगेको छ ।

एसएसपी अधिकारीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवनकुमार श्रेष्ठ आफै गएका थिए । उनलाई नियन्त्रणमा लिइसकिएको श्रेष्ठले बताए । घटनास्थलमा सशस्त्र प्रहरीका डिआइजी समेत पुगेका छन् ।

तपाईको प्रतिक्रिया