दूर्घटनाकाे २ वर्षपछि बिरुवा कन्ट्रक्सनका शेर्पाविरुद्ध सवारी ज्यान मुद्दा

एसके थकाली
जोमसोम
राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडक आयोजना अन्तर्गत उपल्लो मुस्ताङ सडकखण्डको भेना/झैते सडक स्तरोन्नतिको जिम्मा पाएको विरुवा कन्ट्रक्सन प्रालिका निर्देशक पेम्बा लामा शेर्पाविरुद्ध जिल्ला अदालत मुस्ताङमा सवारी मुद्दा दर्ता भएको छ ।
कन्ट्रक्सनले काम गरेको निर्माणधीन सडकखण्डमा प्रयोग भएको ट्रिपर २०७५ साल असार २२ गते अकस्मात ठूलो दुर्घटना हुँदा चालकसहित २० जनाले ज्यान गुमाएका थिए ।
उक्त दुर्घटना हुनुको मुख्य कारण निर्माण कम्पनी दोषी रहेको मृतकका आफन्तले जाहेरीमा उल्लेख गरेका छन् । मृतकका आफन्त वीरबहादुर घर्तीसहित २० जनाको समूहले कन्ट्रक्सनका निर्देशक पेम्बा लामा शेर्पा विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको जिल्ला सरकारी वकिल कार्यालयका सूचना अधिकारी भरतकुमार मैनालीले जानकारी दिए ।
स्याङ्वोचे घटनामा ज्यान गुमाएका मृतकका आफन्तहरुले बिरुवा कन्ट्रक्सन प्रा.लि का निर्देशक शेर्पा विरुद्ध सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएको व्यक्तिलाई सवारी चलाउन दिएको आरोप लगाएका छन् । दुर्घटना भएको २ वर्षपछि प्रहरी अनुसन्धान पूरा गरी सरकारी वकिल कार्यालयमार्फत् असार २१ गते मुद्दा दर्ता भएको हो ।
जिल्ला अदालत मुस्ताङले स्याङ्वोचे सवारी दुर्घटनाका आरोपित शेर्पालाई २१ दिन भित्र अदालतमा हाजिर हुन म्याद जारी गरेको छ । लकडाउनका बेला अवस्थामा सर्वोच्च अदालतले यो अवधिलाई शून्य समय मानेकाले लकडाउन फुकुवा भएपछि म्याद जारी भएको मिति गणना हुने अदालतको भनाइ छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ को उपदफा ५ बमोजिम यदि कसैले आफ्नो सवारी साधन सवारी चालक अनुमतिपत्र नभएको व्यक्तिलाई सवारी चलाउन दिइ दुर्घटना भएको खण्डमा २ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
ट्रिपर दुर्घटनास्थल जोमसोम÷कोरला सडक खण्डको चौथो प्याकेज हो । जोमसोम÷कोरला सडक २०७४ सालदेखि सडक स्तरोन्नति कार्य सुरु भएको थियो । आयोजना अन्र्तगत बेनी—जोमसोम—कोरला सडकको यो अहिलेसम्मकै सबैभन्दा ठूलो सवारी दुर्घटना हो ।









गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
विधान संशोधनका लागि कार्यशाला
पोखरा लिंकन कलेजमा बधाई
न्यु इयर इभमा उज्जनको प्रस्तुति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया