बाग्लुङका फुटबल खेलाडीलाई राहत
समाधान संवाददाता
२०७७ साउन ८ गते ९:४७

रासस, बाग्लुङ ।
कोरोनाका कारण प्रतियोगिता गुमेपछि आर्थिक समस्यामा परेका फुटबल खेलाडीलाई राहत रकम बाँडिएको छ ।
अखिल नेपाल फुटबल सङ्घको सहयोगमा जिल्ला फुटबल सङ्घ बागलुङले १५ व्यावसायिक खेलाडी र चार जना अफिसियललाई रु चार हजारका दरले बुधबार राहत प्रदान गरेको हो ।
राहत रकम वितरण गर्दै गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले खेलकूद क्षेत्र समृद्धि र प्रगतिको आधार भएको बताउनुभयो । उहाँले सङ्कटका बेला खेलाडीलाई सघाएकामा फुटबल सङ्घको प्रशंसा गर्नुभयो ।
जिल्ला लिगसहित ए, बी र सी डिभिजन लिग खेलेका खेलाडीलाई मात्र राहत दिइएको सङ्घका जिल्ला अध्यक्ष रामराज गुरुङले बताउनुभयो । खेलाडी र अफिसियलाई गरी रु ७६ हजार राहतमा खर्च भएको उहाँको भनाइ छ । राहत रकमको चेक बुझेपछि खेलाडीले खुशी व्यक्त गरेका थिए ।
सम्बन्धित









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया